arrow

बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
birtamod_bibad11.jpg

झापा । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा सोमबार अपराह्नबाट हटाइएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ । 

अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा ११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो । 

स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार दिउँसो १:३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ