arrow

भारतीय कम्पनीले नेपालीलाई टाट पल्टाउने काम गरेको भन्दै मुद्दा दायर 

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
Uchcha_Adalat_Janakpur.jpg

बीरगंज । भारतीय कम्पनीले माफियाहरुसँग मिली नेपाली उद्योगलाई धरासायी बनाउने प्रयास गरिएको भन्दै अदालतमा मुद्दा परेको छ । शुक्रबार नै स्थानीय युवा रामनारायण ठाकुरले उच्च अदालत जनकपुरमा अस्थायी ईजलास बीरगंजमा अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी निबेदन पत्र दर्ता गराएका हुन ।

नेपालभरी छरिएर रहेका उद्योगी ब्यापारीहरुले उद्योगकालागि बिदेशबाट आयात गरेको कच्चा पदार्थहरु सुख्खा बन्दरगाह भन्सार कार्यालय बीरगंजमा भारतीय रेलवेले समयमा आयात गरेको भएपनि उक्त आयात हुने कच्चा पदार्थहरुको ब्यवस्थापन राम्रोसँग नगरी नेपाली उद्योगलाई धरासायी बनाउने प्रयास गरिएको उजुरीमा उल्लेख गरिएको छ । 

सो कच्चा पदार्थको व्यवस्थापन गर्नको लागि नेपाल सरकारसँग लिखित सम्झौता गरी भारतीय कम्पनी हिमालयन टर्मिनल प्रा.लि. ले जिम्मा लिएको छ । सो टर्मिनल प्रा.लि.बीरगंजका प्रमुख सि.ई.ओ. बिष्णु कान्त चौधरीले भारतीय उद्योगपति माफियाहरुसँग मिलोमतो गरी नेपालमा उद्योगकालागि आयात गरेको कच्चा पदार्थ लेबरको समस्या देखाई समयमा ब्यस्थापन नगरी नेपाली उद्योगीहरुलाई करोडौं रुपैयाँ नोक्सानी पुर्याएको आरोप मुद्दा दायरकर्ताले लगाएका छन् । 

यसरी लामो समयसम्म व्यवस्थापन नगरिदिँदा सामान आयात गर्ने नेपाली उद्योगी ब्यवसायीहरुले बर्षेनी करोडौं रुपैयाँ डिटेन्सन बापतको रकम तिर्नुको साथै कतिपय उद्योगको कच्चा पदार्थ बिग्रिनाले १०÷१२ बर्षको अन्तरालमा कतिपय उद्योगहरुको टाट पल्टेर उद्योग तथा सिमा वारपारका ब्यापार ब्यवसायमा घाटा लाग्नेगरेको मुद्दामा उल्लेख गरिएको छ । सुख्खा बन्दरगाह भन्सारबाट माल समान आयात गर्न बन्द गरी अन्य माल बाहक सवारी साधनलाई महंगो भाडा तिरी ल्याउन बाध्य भएको कुरा ब्यापारीहरुले बताउने गरेका छन् ।

उक्त कच्चा पदार्थ लगायत अन्य माल समानहरु ब्यवस्थापन गर्न टर्मिनल प्रा.लि.ले आफ्नो प्रा.लि.बीरगंजका सि.ई.ओ.चौधरीलाई जिम्मेवारी दिएको भए पनि निज सि.ई.ओ. चौधरीले आप्mनो मातहतका लेबर ठेकेदारलाई नियुक्ति गरेर सुख्खा बन्दरगाह भन्सार कार्यालय बीरगंजमा १०÷१२ बर्ष देखी डिटेन्सनको नाममा ब्रम्हलुट मच्चाउँदै आएको आरोप नेपाली व्यवसायीहरुको छ ।

सो बन्दरगाह भन्सार कार्यालयमा नेपाली उद्योगी तथा ब्यापारीहरुले उक्त डिटेन्सन बापतको समस्या लिएर नेपाल र भारत सरकारको सम्बन्धित निकायमा बारम्बार आवज उठाउँदै आएको भएतापनि यस पटक माथिल्लो निकायको दबावका कारण टर्मिनल प्रा.लि.बीरगंजका सि.ई.ओ. चौधरीले झारो टार्ने अनुरूप २०७४÷०७÷०१ मा हिमालयन टर्मिनल प्रा.लि., सिर्सिया सुख्खा बन्दरगाह पर्सा, नेपालको सुचना प्रथम पटक भनी लेबर ठेक्केदारहरुको नाममा प्रकाशन गरेका छन् ।

उक्त सुचना कार्यालयको भितामा टाँस मात्र गरिएको छ । अन्य पत्रपत्रिकामा सुचना प्रकाशन नगरीनुको मुख्य कारण नै पुनः टर्मिनल प्रा.लि.का सि.ई.ओ.चौधरीले आप्mना मातहतको लेबर ठेकेदारलाई दिने उद्देश्य रहेको बदनियत देखेर मुद्दा दायर गरिएको दायर कर्ता ठाकुरले जानकारी दिए । 

उक्त सुचना प्रकाशनमा लोडिङ–अनलोडिङको दर रेट नखुलाएको र सुचनाको अन्तिम २३ नं. बुँदामा टर्मिनल प्रा.लि.बीरगंजमा लेबर ठेक्केदारहरुले निवेदन फारम दर्ता गराएको भए पनि प्रा.लि.बीरगंजले कारण जनाई वा नजनाई यस सुचना बमोजिम प्राप्त भएका प्रास्ताव स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस प्रा.लि.मा सुरक्षित रहने छ । सशर्त प्रस्ताव वा रित नपुगेको प्रास्ताव हुने छैन भनी प्रमुख कार्यकारी अधिकृतको आदेशानुसार उल्लेख रहित रहेको बदनित पुर्वक सुचना प्रकाशन गरेको देखिन आएको छ । सोमबार लेबर ठेक्केदाहरुले दर्ता गराएको गोप्य शिलबन्दी प्रस्तावको अपरान्ह ४ बजे प्रकाशन गरीने कुरा उल्लेख समेत गरीएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ