arrow

दुर्घटना अपडेटः सिद्धिचरण लोकमार्गमा जिप दुर्घटना, नौको मृत्यु, दुईको उद्धार

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
jeep_accident.jpg

गाईघाट(उदयपुर) । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ । 

इलाका प्रहरी कार्यालय कटारीका अनुसार चालक हरि कार्कीसहित ११ जना यात्रु बोकेर कटारीबाट ओखलढुंगा जाँदै गरेको उक्त जिप ठाटीको सडकको भिरबाट ५०० मिटर तल खस्दा घटनास्थलमा नौजनाको मृत्यु भएको हो । भर्खरै प्रहरी घटनास्थलमा पुगे पनि मृतक यात्रुको शव भिरमा नै अड्किएका कारण निकाल्न कठिनाइ भइरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । 

यता चालकलाई अस्पताल पु¥याएपछि उपचारका क्रममा मृत्यु भएको र आठ वर्षीय बालक र एक महिला भने घाइते अवस्थामा भेटिएका कारण स्थानीयवासीले प्रहरी पुग्नु अगाडि नै उद्धार गरेर निकालेको पनि प्रहरीले बताएको छ । घाइते दुईजनालाई अहिले उपचारका लागि कटारी अस्पताल लगिएको पनि प्रहरीले बताएको छ । मृतकका शव पहरामा अड्केका कारण निकाल्न कठिनाइ भएकाले नाम र ठेगानासमेत पहिचान गर्न कठिनाइ भइरहेको पनि प्रहरी प्रमुख श्रेष्ठले बताए। 

घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ । यता दुर्घटनामा परेको जिप भने ५०० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । जिप दुर्घटनाको कारण उकालो बाटोमा बढी लोड भएका कारण जिपले लोड तान्न नसक्दा पछाडि झरेर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारदेखि १३ किलोमिटर पश्चिम पहाडी क्षेत्रमा पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ