arrow

छुट्टाछुट्टै मतपत्र छाप्न शुरु भइसक्यो : निर्वाचन आयोग

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
matpatra1.jpg

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न शुरु भएको भनी लिखित जवाफ पेश गरेका छन्। 

महान्यायाधिवक्ता कार्यालयमार्फत उपन्यायाधिवक्ता घनश्याम ओझाले दर्ता गरेको लिखित जवाफमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छपाइको काम शुरु भइसकेको उल्लेख छ । जवाफमा अदालतको आदेशलाई सम्मान गर्दै बैतडी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोट जिल्लाका मतपत्र छाप्नका लागि आयोगले आइतबार नै जनक शिक्षा सामग्री केन्द्र लिलाई पत्र पठाइएको जनाइएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अलग अलग मतपत्र छाप्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिट निवेदनमा अदालतले गत असोज १९ गते आदेश जारी गरेको थियो । सो आदेशमा समानुपातिकतर्फ मतपत्र छापिसकिएकाले अदालतले अलग अलग मतपत्र छाप्नुपर्ने व्यवस्था भएको र यही कात्तिक १० गतेदेखि मतपत्र छापिने भएकाले संवैधानिक र कानुनी प्रावधान गम्भीरतापूर्वक लिने भएकाले अन्तरिम आदेश दिनुनपर्ने उल्लेख थियो । 

नेता शुक्लले यही कात्तिक ७ गते अदालतको आदेशको पालना नभएको जनाउँदै प्रमुख आयुक्तसहित पाँच आयुक्त र प्रधानमन्त्रीविरुद्ध अदालतमा अदालतको अपहेलनाको मुद्दा दर्ता गर्नुभएको थियो । सोही अपहेलना मुद्दाको सुनुवाइमा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कात्तिक ८ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छपाइको सुनिश्चितताको कार्य प्रगतिको तीन दिनभित्र लिखित जवाफ माग गरेको थियो । 

सोही प्रगतिसम्बन्धी लिखित जवाफ आज दिइएको हो । अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार प्रधानमन्त्रीले लिखित जवाफ पठाएपछि १५ गतेपश्चात् पेशी तोकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ