arrow

देउवाले विनोद चौधरीलाई पत्र पठाएर गरे काँग्रेसमा स्वागत (पत्रसहित)

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
binod-chaudary.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सूचीमा समावेश भएका अर्वपति विनोद चौधरीलाई पत्र पठाएर नेपाली काँग्रेसमा स्वागत गरेका छन् । सोमबार देउवाले विनोद चौधरीको नाममा पठाएको पत्रमा देउवाले चौधरीलाई नेपालको आर्थिक समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । 

सभापति देउवाले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाहरुकै साथ र सहयोगले समृद्धिको अभियानमा योगदान पुर्याउने भन्दै त्यसको नेतृत्व लिन उनलाई आग्रह गरेका छन् । आर्थिक विकासको अभियानमा प्रेरणादायी भूमिका निर्वाह गर्नको लागि उनलाई नेपाली काँग्रेसले हार्दिक स्वागत गरेको देउवाद्वारा पठाईएको पत्रमा भनिएको छ ।  

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ