arrow

मकवानपुर– १ बाट कमल थापा र झापा–३ बाट लिङ्देनको उम्मेदवारी

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
RPP-N111.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा–३ बाट महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनको उम्मेदवारीलाई कायमै राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त स्थानमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँग समेत सहकार्य तथा तालमेल गर्न सम्बन्धित जिल्ला समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। नेपाली काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उक्त स्थानमा उम्मेदवार बनाउन लागेपछि काँग्रेसको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनबाट एउटै क्षेत्रमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुन लागेको छ । 

उपाध्यक्ष तामाङका अनुसार काँग्रेसले उक्त स्थानमा राप्रपालाई सहयोग गर्ने प्रतिबद्धता जनाएपछि चुनावी प्रचारप्रसार भइसकेको अवस्थामा पार्टीले उम्मेदवार फिर्ता नगर्ने निर्णय गरेको हो । गठबन्धनमा सहभागी भई अन्य स्थानमा पूर्ववर्ती सहमतिअनुसार अगाडि बढ्ने र गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरिएको छ । काँगे्रसले सो स्थानमा पार्टी नेता तथा कार्यकर्ताबाट पूर्वमहामन्त्री सिटौलालाई उम्मेदवार बनाउन दबाब आएपछि उहाँको समानुपातिक सूचीमा रहेको नाम अघिल्लो दिन हटाएको थियो । 

पार्टीले मकवानपुर– १ बाट अध्यक्ष कमल थापा, काठमाडौँ–७ बाट विक्रमबहादुर थापा, बाँके–२ बाट ओमप्रकाश आजाद र दैलेख– १ बाट दीपककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बाँकी भएको जिल्लामा चाँडै उम्मेदवारको टुङ्गो लगाइने बताइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ