arrow

कर्मचारीलाई 'गैरनागरिक' बनाउन लागिएको विरुद्ध सर्वोच्चमा मुद्दा

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
supreme-court-of-nepal.jpeg

काठमाडौं । कर्मचारीलाई समानुपातिक निर्वाचन प्रणाली तर्फ पनि मतदान गर्न लगाईएको प्रतिबन्ध विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने कानूनी मान्यता विरुद्ध सोमबार सर्वाेच्चमा मुद्दा दायर भएको हो । 

महान्यायाधिवक्ताको कार्यालयका कर्मचारी भरत कुमार मैनालीले दायर गरेको रिटमा उक्त व्यवस्थाले कर्मचारीलाई गैर नागरिकको जस्तो व्यवहार गरिएको उल्लेख गरिएको छ । मतदाता नामावली सम्बन्धी ऐन २०७३ र प्रतिनिधि सभा ऐन २०७४ मा उल्लेख गरिएका व्यवस्थाले कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरीले समानुपातिक मतदानमा पनि सहभागी हुन नपाउने बनाईदिएको छ । 

मतदाता नामावली ऐनको दफा ३० र प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को दफा ३८ मा उल्लेख भएको व्यवस्था अनुसार कर्मचारीहरुले समानुपातिक तर्फ पनि भोट हाल्न नपाउने व्यवस्था गरिएको छ । सर्वोच्चमा दायर गरिएको मुद्दाको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ । 

No automatic alt text available.

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ