arrow

एएफसी यू–१९ फुटबलः नेपाल र कीर्गिस्तान भिड्दै

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
nepal-u-19-football.png

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीको कार्यक्रम अनुसार एएफसी यू–१९ फुटबल च्याम्पियनसिपका छनोट खेल मंगलबारदेखि कीर्गिस्तानमा हुँदैछन् ।

नेपाल रहेको समुहका खेलहरु कीर्गिस्तानमा हुन लागेका हुन् । 

पहिलो खेलमै नेपालको भिडन्त आयोजकसंगै हुनेछ । 

खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । 

अर्पण कार्कीको कप्तानीमा खेल्ने नेपाली टिमले राम्रो प्रदर्शन गर्ने विश्वास प्रशिक्षक छिरिङ लोप्साङको छ । 

छनोट चरणमा नेपालले कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग खेल्नेछ ।

मंगलबारको दोस्रो खेलमा युएई र ओमान ४ः४५ बजे खेल्नेछन् । 

छनोट चरणमा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने फाइनल चरणका लागि छानिने छ ।

१० समुहमा विभाजन गरि खेलाइएको प्रतियोगिताका समुहका विजेता र उपविजेतामध्येका उत्कृष्ट ५ ले फाइनल चरण खेल्न पाउने एएफसीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ