arrow

रसुवामा लोकतान्त्रिक गठबन्धन जितनजिक, यो हो आधार 

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
Rasuwa_District.png

धुञ्चे । मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन जित नजिक पुगेको छ । हुनत व्यवसाय र राजनीतिलाई संगसंगै सँगै अघि बढाउँदै आएका दुई प्रभावशाली व्यक्तिको एउटै पदमा उमेदवारी परेपछि रसुवाको निर्वाचन रोचक बन्दै गएको छ । 

तर लोकतान्त्रिक गठबन्धनको बलियो पकड भएकाले लोकतान्त्रिक शक्तिको जित सुनिश्चित रहेको विश्लेषण गरिएको छ । 

लामो समय देखि निर्माण व्यवसायमा संलग्न रहँदै आएका चर्चित निर्माण व्यावसायीहरु मोहन आचार्य र जनार्दन ढकालले रसुवाको प्रतिनिधीसभामा प्रतिस्पर्धा गर्ने भएपछि यहाँको राजनीतिक बृत्तमा छुट्टै त तरङ्ग सिर्जना भएको छ । 

यसअघिका व्यवस्थापिका संसद् सदस्य ढकाल वाम गठबन्धनको तर्फबाट र इन्जिनियर आचार्य लोकतान्त्रिक गठबन्धनको तर्फबाट उमेदवार बनेका छन् । 

ढकाललाई माओवादी केन्द्रको र आचार्यलाई नयाँशक्ति पार्टी,राप्रपा र राप्रपा प्रजातान्त्रिकको स्पष्ट समर्थन छ । गत स्थानीय निर्वाचनमा देशभरमै रसुवामा राम्रो जनमत बनाएको नयाँ शक्ति पार्टी र राम्रो मत लिएर बसेको राप्रपाहरुको समर्थनले वाम गठबन्धनलाई सकसमा पारिसकेको छ ।

रसुवामा काँग्रेस र नयाँ शक्ति सहितको लोकतान्त्रिक गठबन्धनका उमेदवारहरु निर्वाचन अभियानमा केन्द्रित भएका छन् । 

विशेष गरी रसुवावासीले आशाको नजरले हेरेका इन्जिनियर मोहन आचार्य र रसुवाका लोकप्रिय युवा प्रेम तमाङको संयुक्त चुनावी अभियानले रसुवाको निर्वाचन माहौल गर्माएको छ । 

रसुवामा प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट इन्जिनियर मोहन आचार्य र प्रदेश नम्बर १ बाट प्रभात तामाङ छन् भने प्रदेश २ मा नयाँ शक्तिबाट प्रेम तामाङ छन् ।

काँग्रेस र नयाँ शक्तिको यो गठबन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभई रसुवालीवीच यो गठबन्धनको जितको चर्चा समेत सुरु भइसकेको छ । 

२०४६ पछि हरेक निर्वाचनमा नयाँ नेतृत्व स्थापित गर्दे आएका रसुवालीले यस पटक लोकतान्त्रिक गठबन्धनको पक्षमा आफूलाई समाहित गर्न थालिसकेका छन् ।

गत स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने पनि रसुवामा लोकतान्त्रि गठबन्धन नै बलियो देखिन्छ । 

उक्त निर्वाचनमा नेपाली काँग्रेसले सातहजार एकसय ३० र नयाँ शक्ति पार्टीले चारहजार ८५ मत ल्याएको थियो । यसै गरी उक्त निर्वाचनमा एमालेले छहजार नौसय ३१ र एमाओबादीले दुईहजार पाँचसय १२ मत ल्याएको थियो ।

गत स्थानीय निर्वाचनमा फरक–फरक निर्वाचनमा गएका काँग्रेस र नयाँ शक्ति मिलेर निर्वाचनमा गएपछि रसुवामा वाम गठबन्धन कमजोर देखिएको छ । 

यसमा पनि सधैँ लोकतान्त्रिक शक्तिकै पक्षमा देखिएका रसुवालीहरु काँग्रेस र नयाँ शक्तिको तालमेलवाट उत्साहित छन् भने काँग्रेसको सम्पूर्ण पार्टी पंक्ति लोकतानित्रक गठबन्धनको जितमा केन्द्रित रहेकाले रसुवाको निर्वाचन आफ्नो पक्षमा आउने काँग्रेसका नेताहरूको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ