arrow

‘‘स्वस्थ र स्वच्छ मासु,बधशालादेखि भान्छासम्म अभियान’’ : राज्यमन्त्री पुन

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
mantri.JPG.jpeg
निर्मल खत्री,म्याग्दी । पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले स्वस्थकर मासुको उपभोगको लागि ‘‘स्वस्थ र स्वच्छ मासु,बधशालादेखि भान्छासम्म ’’अभियान सञ्चालन गरिने बताउनु भएको छ ।म्याग्दी सदरमुकाम बेनीमा मंगलवार आयोजित दोस्रो राष्ट्रपती कप प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री पुनले मासु उपभोग गर्ने उपभोक्ताहरुको हितको लागि यस्तो अयिभान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । ‘‘हामीले खाने मासु स्वच्छ र स्वस्थ छैनन्, अब्यवस्थित तवरले मासुको विक्रि र व्यवस्थापन हुने गरेको छ , मन्त्रालयले जनताको स्वास्थ्यप्रति ध्यान दिएर छिट्टै यो अभियान सुरु गर्ने तयारी गरेको छ, उहाँले भनाई छ ।  
 
राज्यमन्त्री पुनले पशु बध गर्ने स्थान, मासु विक्रि गर्ने पसल देखि मासु उपभोग गर्ने उपभोक्ताहरुले समेत स्वास्थ र स्वच्छ तरिकाले मासुको उपभोग गर्न सकेमा मात्रै स्वास्थ्यको लागि हितकर हुनेकुरामा जोड दिनुभयो । अभियान सञ्चालनका लागि मन्त्रीस्तरमा निर्णय भएर कार्यबिधी तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । देशभर सुरु हुने अभियानको लागि मन्त्रालयको विभाग, पशु सेवा कार्यालय, सम्बन्धीत गाविस, नगरपालिका र सञ्चार माध्ययम संगको समन्वयमा  नियमित अनुगमन संयन्त्र तयार गर्न गर्न लागिएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ