arrow

जुम्लाका ज्येष्ठ नागरिकलाई कम्बल वितरण

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
Jumla_District.png

जुम्ला । जुम्का ११० ज्येष्ठ नागरिकलाई सोमबार कोरियाली कम्बल वितरण गरिएको छ । 

चन्दननाथ नगरपालिकाका १०० र नगरपालिका बाहिरका १० ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । नगरपालिका, जिल्ला समन्वय समिति(जिसस) र महिला तथा बालबालिकाका कार्यालयको सहयोगमा कम्बल वितरण गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले जानकारी दिए । 

जिससका प्रमुख लालबहादुर सार्की र नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले संयुक्त रुपमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ