arrow

आफ्नै बाबुको हत्या आरोपमा २ छोरा पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
hatkadi-new-ss.jpeg

कलैया। बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेको अभियोग लगाइएको छ । 

मंगलबार बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका २० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई  छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९:४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए । 

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ