arrow

मधेसवादी गठबन्धनमा सिट बाँडफाँड, कसलाई कति ? 

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
rajapa_news1.jpg

काठमाडौँ । मधेश केन्द्रीत दुई शक्ति संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपाबीच प्रदेश २ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सिटको बाँडफाँडको सहमति भएको छ । 

लामो छलफलपछि मंगलबार दुई पार्टीका शीर्ष नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । राजपा महासचिव जितेन्द्र सोनलले सहमति अनुसार प्रतिनिधिसभाको ३२ सिट मध्ये राजपाले १५ र संघीय समाजवादीले १७ सिट लिने सहमति भएको छ । 

उनले भने, ‘प्रदेशसभाको ६४ सिटमध्ये राजपालाई ३१ र संघीय समाजवादीलाई ३३ सिट भाग परेको छ ।’ यो सहमतिले प्रदेश २ मा मधेसवादी गठबन्धन बलियो स्थितिमा पुगेको उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ