arrow

महानगरको एउटै भवनमा अब ऐतिहासिक काठमाडौंको दृश्य, त्रिकालिक वास्तुको सम्मिलन

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
kathmandu_proposed_building1.jpg

काठमाडौं । काठमाडौं महानगरको प्रस्तावित नयाँ भवन विभिन्न समयको बास्तु शास्त्र र कला संस्कृतिले सुशोभित बनाउने तयारी गरिरहेको बताएको छ । महानगरपालिकाले सोमबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रेम बहादुर श्रेष्ठले तयार पारेको महानगरपालिको प्रस्तावित भवनको नक्सा महानगरका प्रमुख विद्या सुन्दर शाक्यले सार्वजनिक गरे । 

महानगरपालिकाका अनुसार अब बन्ने भवन एउटा मल्लकालीन, एउटा राणा कालीन र अर्काे अहिलेको आधुनिक शैली गरी तीनवटै कालखण्डको बास्तुकला प्रयोग गरेर बनाउन लागिएको छ । जस अनुसार राणाकालीन बास्तु अनुसार बनेको भवन महानगरपालिकाका मेयर तथा विभिन्न उच्च पदस्थ व्यक्तिहरुको कार्यालयको प्रयोजनको लागि प्रयोग गरिन्छ । कूटनीतिक व्यक्तिहरुसँगको भेटघाट पनि सोही भवनमा गरिन्छ । त्यो भवनको स्वरुप अहिलेको हरि भवन (जसलाई वागदरबार भनेर चिनिन्छ)को जस्तै देखिने खालको हुन्छ । 

त्यस्तै, सोही भवनको ठीक पछाडि मल्लकालीन वास्तुशास्त्र अनुसारको अर्काे भवन बनाईन्छ । सो भवन नित्तान्त प्रशासनिक प्रयोजनको लागि प्रयोग गरिनेछ । सो भवनमा संग्रहालय, पाटी पौवा, विभिन्न संस्कृति झल्काउने भेषभुषाहरु जस्ता काठमाडौंका ऐतिहासिक र लोपहुन लागेका बाजागाजा लगायत सामग्रीहरु राखिनेछ । जसले गर्दा महानगरको भवनमा गएकाहरुले चाहेको खण्डमा पुरानो काठमाडौंलाई समेत त्यहीँ गएर पढ्न सक्नेछन् । 

त्यस्तै, तेस्रो भवन जुन भ्यू टावरको रुपमा प्रयोग गरिने भएको छ । जुन अहिलेको नयाँ मोडल अनुसार बनाईन्छ । यसको सबैभन्दा माथिल्लो तल्लामा एउटा आपतकालीन टोली पनि बसिरहेको हुन्छ यहाँबाट सबै काठमाडौं सजिलै देख्न सकिने भएकोले त्यहाँबाट आगलागी जस्ता प्राकृतिक प्रकोपहरुको नियन्त्रणको लागि छिट्टै टोली खटाउन सकिने महानगरपालिको विश्वास छ । त्यही महानगरपालिकामा आएका सेवाग्राहीहरुलाई स्वास्थ्य समस्या भएमा सामान्य उपचार गर्ने कक्षपनि बनाउन प्रस्ताव गरिएको छ ।  

उता मल्लकालीन शैलीको भवनमा ४ वटा मल्लकालीन चोकहरु बनाउने प्रस्ताव गरिएको छ । भवनका सबै कोठहरुमा उज्यालो पुग्ने व्यवस्था गरिने बताईएको छ । जसले अनावश्यक विजुलीको उपभोग कम हुने विश्वास महानगरपालिकाको छ । यसैभित्र बैठक हल र कार्यकक्षहरु, लिफ्ट, प्यासेज, शौचालय र भर्याङलार्इ सहज बनार्इएको महानगरपालिकाले जनाएको छ । यो भवन पूर्ण अपांगमैत्री हुने महानगरपालिकाले जनाएको छ । 

प्रस्तावित भवनमात्रै भएपनि कूल १ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो भवनभित्रै पाटी पौवा र ढुंगेधाराको पनि व्यवस्था गरिएको छ । जस अन्तर्गत् ढुंगेधारा राणाकालीन शैलीको भवन अगाडि राख्ने डिजाईनमा प्रस्ताव गरिएको छ भने मल्लकालीन दरबारभित्र पाटी पौवाभित्र परम्परागत भजन नृत्य, विदेशी पाहुनाको लागि नेपाली खाना सहितको सम्मान, आदि कामको लागि उपयोग गरिने प्रस्ताव गरिएको छ । सो भवन काम सुरु भएको ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।  
Image may contain: cloud, sky and outdoor

Image may contain: sky, cloud and outdoor

Image may contain: sky, cloud and outdoor

Image may contain: sky and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ