arrow

बालकृष्ण पक्राउ पर्दा विप्लवलाई चाेट, देउवा सरकारलाई कडा चेतावनी

‘जनयुद्धका योजनाकारलाई सरकारमा राखेर मोजमस्ती, कार्यकर्तालाई जेल’

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
biplob_new.png

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्दले पूर्वसभासद् बालकृष्ण ढुंगेललाई तत्काल रिहा गर्न माग गरेका छन् । 

उनले चेतावनीपूर्ण भाषामा सरकारलाई तत्काल रिहागर्न भनेका हुन् । उनले विज्ञप्तिनै जारी गरेर ढुंगेलमाथि लगाइएको झुठा मुद्दा तत्काल खारेज गर्न सेमत भनेका छन् । 

ढुंगेलको गिरफ्तारीले जनयुद्ध पक्षधरहरुलाई आक्रोशित बनाएको उनको तर्क छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘क्रान्तिका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर बस्तुतः क्रान्तिकारी आन्दोलनलाई नै बदनाम र कमजोर बनाउने कार्य दलाल संसदवादीहरुको षड्यन्त्रपूर्ण र प्रतिक्रान्तिकारी कार्य हो ।’

चेतावनीपूर्वक उनले अगाडि लेखेका छन्, ‘जनयुद्धका योजनाकारहरुलाई सरकारमा सहभागि गराएर मोजमस्तीमा साझेदारी गर्ने अनि कार्यकर्तालाई कथित दोषी बनाएर जेल कोच्ने कार्य अराजनीतिक, अनैतिक र घृणास्पद छ । हाम्रो पार्टीले यस्तो अनैतिक कार्यलाई सदैव प्रतिवाद गर्दै आएको छ । तसर्थ बालकृष्ण ढुंगेलको गिरफ्तारीको घोर भत्र्सना गर्दै उहाँलाई विनाशर्त मुक्त गर्न मुद्दा खारेज गर्न चेतावनी दिन्छ ।’

‘यदि यो आग्रहलाई बेवास्ता गरिन्छ र प्रतिक्रान्तिकारी दमनकारी कार्य जारी राखिन्छ भने राज्य र यसका संचालक सबैखाले दलालहरुले पनि चर्को मूल्य चुकाउनु पर्ने चेतावी दिन चाहन्छौँ–विज्ञप्तिमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ