arrow

ढुंगेल जेल गएपछि सावित्रीले भनिन् 'मन त अझै खुशी हुन सकेको छैन'

'अझै ओखलढुंगा जानसक्ने अवस्था छैन'

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
sabitri_shrestha1.jpg

काठमाडौं । माओवादीका नेता एवं पूर्व सभासद् बालकृष्ण ढुंगेल प्रकरणमा आफ्नो ज्यानलाई समेत खतरामा पारेर न्यायको खोजीमा हिँडेकी सावित्री श्रेष्ठले अन्ततः न्याय पाएकी छिन् । उनको जीवनको धेरै नै समय एउटा मुद्दाको लागि खर्च भयो । जुन जीत उनले धेरै समयको संघर्षपछि प्राप्त गरेको जीत हो । 

एउटा भाइ मारियो । उसको हत्यारालार्इ कारबाहीको माग गर्दा अर्का दाइ पनि मारिए । तरपनि एउटी प्राणरहेकी दिदी सावित्रीले हार मानिन् र डर पनि मानिन् । उनी स्मरण गर्छिन् 'भाइको नाममा खुलेको विद्यालय उद्घाटन कार्यक्रममा सहभागी बन्न जान लाग्दा उनलाई एउटा धम्की आयो । अरु जो आउन् समस्या भएन तर सावित्री श्रेष्ठलाई ल्याउने हो भने त्यसलाई फर्किन दिँदैनौ । आगो लगाएर मार्छौं ।' त्यसपछि उनी त्यहाँ जान सकिनन् ।

उनी आफ्नो भाइको हत्यारालाई कानूनी दायरामा ल्याएरै छाड्ने अठोटका साथ सर्वोच्च अदालतको ढोकामा छिरिन् । सोही दिनदेखि उनले ओखलढुंगा टेक्न पाएकी छैनन् । उनी भन्छिन् 'कसरी जानु ? गाडीमा आए गाडीमै जलाउँछु, हिँडेर आए जिउँदै जलाउँछु' भन्छन् ।

उनले काठमाडौंमै पनि ढुंगेलका समर्थकहरुबाट शान्तसँग बाँच्न भने पाईनन् । उनलाई मुद्दा परेको दिन सधैंभरी फोन आईरहन्थ्यो । तारम्तार आईरहने फोनमा एउटै धम्की हुन्थ्यो 'अब तँ पनि नबाँच्ने भईस् ।' उनी यसरी धम्की आउन थालेर नै आफूले ७ वटासम्म नम्बर फेरेर चलाएको सम्झिन्छिन् । भन्छिन् 'धम्की त कति आए कति, मार्ने धम्की र छाडा शब्द पनि धेरै सुन्नु पर्यो जीउँदो हुन्छु कि हुँदिन भन्ने पनि टुंगो थिएन । सिंगो राज्यसँग एउटा व्यक्ति लड्नु पर्दा कस्तो भयो होला ?' 

अहिले सबै दुख दिने हत्यारा पक्राउ परेर जेल चलान भईसकेको छ । तर, पनि सावित्री खुल्ला मनले हाँस्न सकेकी छैनन् । उनलाई भाइको हत्यारालाई कारबाही गरेको देख्ने उनका दाइ गणेश कुमार श्रेष्ठ यो खुशीको समयमा सँगै नभएकोमा उनी अझै दुखी छिन् । उनी भन्छिन् 'यो क्षण मेरो लागि भन्दा पनि मेरो दाइको लागि खुशीको क्षण हो । त उहाँले यो दिन देख्नको लागि लड्नुभयो तर उहाँले देख्न पाउनु भएन । यसैमा म खुशी छु ।' 

पहुँचवालाले त नेपालमा जे गरेपनि हुने, उनलाई ढुंगेलका समर्थकहरुले प्रहरीकै अगाडि अदालतमा मनलाग्दी बोलेर गए, उनीहरुकै अगाडि सर्वोच्चमा रिट हाल्ने बेलामा पनि तेरो जिन्दगी के हुन्छ ? भन्दै ठाडो धम्की पनि दिए । तर निरीह प्रहरी प्रशासन माथिको आदेश कुरेरै बस्यो अन्तमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको निर्देशन र प्रहरी महानिरीक्षक विरुद्ध समेत मुद्दा परेपछि भने ढुंगेल बच्न सकेनन् । 

सावित्री भन्छिन् कुनै न कुनै दिन त्यो पनि पक्राउ पर्छ भन्नेमा म थिएँ । जति नेताहरुले औलामा राखेर हिँडे पनि एक दिन जीत हुन्छ भन्ने मलाई लागेकै थियो र भयो पनि । उनलाई आफू पहुँचवाला रहेको देखाउनकै लागि पनि ढुंगेलका उच्च पदस्थ व्यक्तिहरुसँग बसेको फोटो खिचेर पठाउने जस्ता मानसिक तनाव त ढुंगेल पक्षबाट कति आयो कति ? उनी स्मरण गर्छिन् ।  यसरी शक्तिको र पहुँचको आधारमा कुनैपनि हत्यारा खुलेहाम हिन्ने र पीडित झनै पीडामा बस्नुपर्ने दिन नआओस् भन्ने उनको माग छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ