arrow

स्यावास शेर बहादुर

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले गृह मन्त्रालय सम्हालेपछि कानुनी राज्य र मानवअधिकारको पक्षमा वकालत गर्नेहरुलाई खुसीको सन्देश दिए। आफ्ना गृहमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालमा नगरेको काम उनले आफूले गृहमन्त्रालय सम्हालेपछि गरे। कानुनी राज स्थापित गर्न पनि बहादुर नै जन्मिनुपर्ने अवस्था सिर्जना हुँदा देउवाले बहादुरीको काम गरेका छन्। लामो समयदेखि अदालतको फैसला कार्यान्वयन समेत नभएको अवस्थालाई समेत देउवाले फत्ते गरेर देखाइदिए। अनेक आरोप प्रत्यारोप भएपनि बेलाबेलामा गरिने महत्वपूर्ण र जटिल कामले उसको क्षमता देखिन्छ।

देउवाले आफ्नो मातहतको गृह प्रसासनलाई परिचालित गरेर माओवादीका नेता तथा एकना फरार दोषी वालकृष्ण ढुङगेललाई पक्राउ गरेको घटनाले संसारभरका मानवअधिकारको पक्षमा वकालत गर्नेहरुले उनलाई स्यावासी दिएका छन्। घटनाको अर्को पाटोको रुपमा सर्वोच्चमा परेको एक मुद्धा भएपनि देउवाको नेतृत्वका कारण यो सम्भव भएङ्को अहिले गृह प्रसासनमा पनि चर्चा हुन थालेको छ। राजनीतिक वृतमा देखिएको चर्चाले पनि देउवाले स्यावासी पाएका छन्। 

२०७४ कार्तिक १४ गते मंगलवार ओखलढुङगाको उज्जन श्रेष्ठ हत्याकाण्डमा अदालतले दोषी ठहर गरेका माओवादी नेता वालकृष्ण ढुङगेल पक्राउ परे। सातदोवाटोस्थित आफ्नै घरमा छोरीसँग बस्दै आएका ढुङगेल विहान करिव ११ वजेको आसपासमा पक्राउ परे। सीआइवीको टोलीले उनलाई पक्राउ गरेको थियो।
ढुङगेलको पक्राउ यस्तो समयमा भएको थियो जुन बेला उनलाई अदालतको आदेश वमोजिम पक्राउ नगरेको भन्दै प्रहरी नेतृत्व विरुद्ध मानहानीको मुद्धा परेको थियो। एकजना वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको सो अपहेलनाको मुद्धामा प्रहरी महानिरिक्षकलाई नै एक बर्ष जेल सजाँय समेत मागिएको थियो। 

सर्वोच्चको फैसलाबाट दोषी ठहर भएका एक व्यक्तिलाई कानुन वमोजिम पक्राउ नगर्दा आफै कानुनको नजरमा दोषी ठहर भइ जेल जानुपर्ने भएपछि प्रहरी महानिरिक्षक प्रकाश अर्यालको लागि सहि छनौटको विषय के हो सहजै अनुममान गर्न सकिन्थ्यो। त्यसैले आफू जेल जानु भन्दा ढुङगेललाई नै जेल पठाउन अर्यालको लागि श्रेयस्कर थियो। उनले पनि त्यहि बाटो नै रोजे। 

अर्याललाई पनि सजिलो थियो। शेर बहादुर देउवाकै नेतृत्वमा रहेका माओवादी गृहमन्त्री जनार्दन शर्मा विनाविभागिय भइसकेका थिए। उनको आदेश मान्नुपर्ने अवस्थामा अर्याल थिएनन। बरु उनलाई सजिलो थियो। सत्तारुढ गठवन्धनमा रहेका माओवादी प्रधानमन्त्री शेर बहादुर देउवासँग दुरी बढाएर बसेका थिए। सरकारमै भएपनि प्रतिपक्षी कित्तामा रहेका माओवादी र तिनका नेतृत्व प्रचण्डलाई खुसी पार्नु पर्ने अवस्थामा महानिरिक्षक अर्याल थिएनन। 

उनले तत्काल रिपोर्टीङ गर्नुपर्ने सरकारमा गृहमन्त्रीको समेत कार्यभार आफैसँग राखेका प्रधानमन्त्री शेर बहादुर देउवालाई नै थियो। प्रधानमन्त्री पनि माओवादीले औंला दिदा डुडुल्को निलेको अनुभुतिमा थिए। मा‌ओवादीलाई धेरै बचाउनु पर्छ भन्ने मनस्थितिमा देउवा पनि पछिल्लो समयमा पटक्कै थिएनन। 

मानवअधिकारका क्षेत्रमा काम गर्नेहरुले ओखलढुङगाको उज्जन हत्याकाण्डलाई गम्भिरतापूर्वक उठाइरहेका थिए। दण्डहिनताको सो प्रकरणलाई उनीहरुले वारम्वार उठाइरहेका थिए। माओवादीले द्धन्दको समयमा भएको सो घटनालाई फौजदारी मुद्धाका रुपमा नलिइ सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका संयन्त्र मार्फत टुङग्याउनु पर्ने तर्क पनि माओवादीले गर्दै आएका थिए। मानवअधिकार क्षेत्र तथा पिडित पक्ष भने यो विषयलाई फौजदारी अभियोग स्थापित गर्दै कार्वाही गर्नुपर्छ भन्नेमा थिए। अदालतले पनि त्यस्तै आदेश भयो। तर अदालतले फैसला गरेपनि माओवादी शक्तिको आडमा ढुङगेललाई पक्राउ गर्ने आँट कसैले गर्न सकेनन्। प्रहरी ढुङगेलसँग एउटै मञ्चमा  देखिन थाल्यो तर उनलाई पक्रिने आँखा देखिएन। कैयौ पटक सञ्चारमाध्ययमा पनि यो विषयले प्रााथमिकता पयो। तर सुनुवाई गरिएन। 

कैयन गृहमन्त्री र प्रहरी प्रमुखसँग विमर्श भएपनि उनीहरुले पनि टेरपुच्छर लगाएनन्। कसैले पक्रन आँट समेत नगरेका उनै वालकृष्ण ढुङगेललाई गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवाकै कार्यकालमा पक्राउ गरियो। 

देशभर दण्डहिनताको प्रतिक झै भएको यो प्रकरणको एक पात्र ढुङगेल पक्राउ पर्नु न्यायको जीतको रुपमा अर्थ्याइएको छ। दण्डहिनताको अन्त्यको लागि पनि ढुङगेलको पक्राउ अनिवार्य थियो। संसारभर मानवअधिकार र कानुनी सासनको प्रत्याभुती दिलाउन नेपाल सरकारले पनि ढुङगेल जस्ता फरार दोषीलाई कार्वाही गर्नुपर्थ्यो। 

सरकारको निर्देशनमा प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गरेर एउटा सुभ सन्देश पनि दिएको छ। अदालती प्रक्रियाले जे जस्तो परिस्थिति सिर्जना भएपनि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवाको जानकारी विना यो पक्राउ प्रकरण सम्भव थिएन।  

केहि पर पुगेको माओवादी अझ पर मात्र हैन चुनावको मुखमा माओवादीले असर पार्न पनि सक्ने विश्लेषण देउवाको टीममा भएपनि दण्डहिनताको अन्त्त्यका लागि केहि खतरा मोल्नुपर्छ भन्ने भावनाबाट निर्देशित भएर ढुङगेल पक्राउ परेका हुन्। 

परिस्थिति जे भएपनि यो प्रकरण प्रधानमन्त्री देउवाको निर्देशनमा प्रहरी महानिरिक्षक अर्यालबाट भएको सोचिसम्झी कदम थियो। यो ऐतिहासिक कामको लागि प्रधानमन्त्री तथा गृहमन्त्री देउवालाई स्यावास।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ