arrow

हात्तीको आक्रमणबाट कटुवालको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
Elephant-1-750x500.jpeg

सुरुङ्गा, झापा । जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका १० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ निवासी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् । 

उनलाई मंगलबार साँझ चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । 

सो क्रममा हात्तीले कुल्चिएर गम्भीर घाइते बनाएपछि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ