arrow

प्रचण्ड जिताउने लामा, ओली जिताउने जिम्मा तामाङको टाउकोमा

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
KP-oli-vs-Prachanda.jpg.jpeg

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बुधबार बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ । 

दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 

अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा भएको बैठकले मुलुकको आर्थिक विकास र सृमद्धिका लागि वाम उम्मेदवारलाई विजयी बनाउन दुवै संगठन क्रियाशील भई अगाडि बढने निर्णय गरेको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई जिताउन अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामालाई बैठकले जिम्मेवारी दिइएको छ । 

दुवै संगठनका बुधबार साँझ हुने विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण समेत दिने कार्यक्रम छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ