arrow

देशभर रगतको अभाव, रक्तदान गर्न रेडक्रस सोसाईटीको अपील

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
NEpal-Redcross.jpeg

काठमाडौं । हिन्दूहरुको महान् पर्व दशै, तिहार छट लगायतका पर्वहरुमा रक्तदान हुन नसक्दा मुलुकमा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाईटीका विभिन्न स्थानमा रहेका शाखाहरुमा पनि रगतको अभाव हुन थालेपछि रेडक्रस सोसाईटीले रक्तदाताहरुमा रक्तदानको लागि अपिल गरेको छ । 

रेडक्रसले हाल देखिएको रगतको अभावलाई हटाउन र रगतको सहज व्यवस्थापन गर्नको लागि भृकुटीमण्डपमा विशेष रक्तदान शिविर सञ्चालन गरी रगत संकलन गर्ने काम भइरहेको नेपाल रेडक्रस रक्तसंचार केन्द्रका डेपुटी डाइरेक्टर डा. प्रकाश यादवले जानकारी दिए । उक्त विशेष शिविर विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने पनि रेडक्रसले जनाएको छ । 

देशमा बाढी पहिरो, भूकम्प तथा अन्य जस्तोसुकै प्राकृतिक प्रकोप आइपर्दा पनि नेपाल रेडक्रस सोसाईटीले मानवतालाई ध्यानमा राखी सधैं महत्वपूर्ण सहयोग गर्दैै आईरहेको छ । नेपाल रेडक्रस सोसाईटीले करिव ५२ वर्ष अगाडि देखि नै देशमा रगतको अभाव भएको समयमा विभिन्न क्याम्पह्रु संचालन गरी रक्तदाता महानुभावहरुबाट रगत संकलन गर्ने र उक्त रगतहरु आवश्यक भएका विभिन्न जिल्लाहरुमा समेत पठाउने कार्ये गर्दै आएको छ । 

रक्तदान नै जीवन दान को मूल मन्त्रका साथ नेपाल रेडक्रस सोसाइटीले देशमा रगतको आवश्यकता भएको समयमा रक्तदाता महानुभावहरुबाट रगत संकलन गरी रगतको अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय कार्यालय काठमाडौ, क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, नेपालगञ्ज र चितवन २१ वटा रेडक्रस सोसाईटीका जिल्ला शाखाहरु, २५ वटा अस्पताल र १७ वटा ईमरजेन्सी मार्फत आवश्यक रगत संकलन कार्य गर्दै आएको छ । यस बाहेक देशमा अति अभाव भएको अवस्थामा विभिन्न स्थानहरुमा विष्ोश क्याम्पहरु संचालन गरी रगत संकलन गर्ने र उक्त संकलित रगत आवश्यक क्षेत्रमा पठाउने कार्य गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ