arrow

नेविसंघका पूर्व अध्यक्षले टिकट वाड्दा यि पूर्व अध्यक्षहरुले पाएनन टिकट

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
NSU-past-president--in-congress.jpg.jpeg

काठमाडौं। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष शेर बहादुर देउवा अहिले नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता हुन्। संसदीय बोर्डका अध्यक्ष पनि देउवा नै हुन्। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरणमा पनि उनै देउवा सहितका नेविसंघका पूर्व अध्यक्षहरु छन्। 

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष  देउवासँगै विमलेन्द्र निधी, ज्ञानेन्द्र कार्की, वालकृष्ण खाँण, एनपी साउद टिकट वितरण गर्ने टीममा हुँदा पनि नेविसंघका केहि पूर्व केन्द्रीय अध्यक्ष भने टिकटको लागि अन्तिम समयसम्म लागिपरे। तर पनि उनीहरुले टिकट पाएन्। वोर्डमा भएका पूर्व अध्यक्ष बाहेक केन्द्रीय सदस्य बल बहादुर केसीले सोलुखुम्बुबाट टिकट पाए। अर्का केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले झापा १ बाट टिकट पाए। टिकट नपाएकाहरुको हकमा भने उनीहरुलाई पार्टीका नेताहरुले सम्झाउन कमजोरी भएको देखिएको छ। कतिपयले आफ्नो आक्रोश सामाजिक सञ्जालका भित्तामा पनि पोखे।

नेविसंघका पूर्व अध्यक्ष तथा तरुण दलका पूर्व अध्यक्ष धनराज गुरुंङ टिकट पाउनबाट वञ्चित रहे। उनलाई प्रदेश सभामा जान  भनिएपनि उनले त्यसलाई स्विकार नगरेको बताइयो। 

तनहुँबाट पूर्व अध्यक्ष गोबिन्द भट्टाराईले प्रतिनिधिसभामा टिकट पाएनन्। भट्टराई जुन भुगोलबाट प्रतिनिधित्व गर्छन त्यहाँबाट वरिष्ठ नेता रामचन्द्र पौडेल उमेद्वार हुँदैछन्। उनलाई तनहुँको प्रदेश सभा क मा ल्याइयो। नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेले मोरङबाट टिकट पाएनन। उनले टिकट वितरणमा असन्तुष्टी व्यक्त गर्दै सामाजिक सञ्जालमा लेख्न भ्याए। 

अर्का पू्र्व अध्यक्ष प्रदीप पौडेल उमेद्वार हुने भनेको तनहुँ २ मा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री शंकर भण्डारी उमेद्वार भए। पौडेललाई पनि प्रदेश सभामा ल्याइयो। तनहुँ २ क मा पौडेललाइ उमेद्वार बनाइएको छ। 

नेविसंघकै अर्का पूर्व अध्यक्ष महेन्द्र शर्माले वर्दियाबाट नपाउँदा अर्का अध्यक्ष केसव सिंहले डडेल्धुराबाट पाएनन।  पूर्व अध्यक्ष कल्याण गुरुङले पनि टिकट पाएनन्। किशोर सिंह राठौरको नाम पनि टिकट पाउनेमा देखएको छैन। यद्यपी उनको नाम समाुनपातिकमा पठाइएको बताइएको छ तर त्यसको औपचारिक जानकारी छैन। 

नेविसंघका अर्का पूर्व अध्यक्ष रञ्जित कर्णले पनि प्रतिनिधि सभामा टिकट पाएनन। उनले सप्तरी २ क मा प्रदेश सभामा टिकट पाए।

नेविसंघका पूर्व  अध्यक्षहरुले टिकट नपाउँदा वर्तमान अध्यक्ष नैनसिंह महरले टिकट नपाउँदा आश्चर्य मान्नु पर्ने अवस्था नै रहेन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ