arrow

यसरी हुँदैछ गगन थापाको उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
gagan-kumar-thapa-1-minister-health.jpeg

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आम मतदाताहरुसँगै गएर प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्दैैछन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहिबार बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तोकेको छ।

काठमाडौं ४ का निवर्तमान सांसद गगनले बिहान ११ बजे नै भेला भएर राष्ट्रिय सभागृह जाने तयारी गरिरहेको उनी निकटहरुले बताएका छन् ।

काठमाडौं ४ का लागि उमेदवारी दर्ता गर्न थापा सहितको टोली बिहान ११ बजे नक्सालको नारायणचौरमा भेला भएर र्यालीसहित राष्टिय सभागृहमा जान लागेको हो ।

यसअघि पनि सोही क्षेत्रबाट भारी मत अन्तरले चुनाव जितेका गगनको लोकप्रियता स्वास्थ्यमन्त्री भएपछि झनै बढेको छ ।

यसअघिको चुनावमा उनले माओवादी केन्द्रका नेता एवं हालका उपराष्ट्रपति नन्दकिशोर पुनलाई हराएका थिए ।

यसपटक उनका प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट भैसेपाटीमा अपार्टमेन्ट लिएर बस्दै आएका एमाले नेता राजन भट्टराई हुनेछन् ।

नेपाली काँग्रेसका नेताहरु प्रकाशमानसिंह, अम्बिका बस्नेत, डा प्रकाशरण महत, नविन्द्रराज जोशी, राजन केसी लगायतका उमेद्वारहरु पनि र्‍याली सहित उमेद्वारी दर्ता गर्न जाँदैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ