arrow

इलाभेन्थ आवर कल्चरः आचारसंहिता विपरित उम्मेदवारी दर्ता

logo
बाबु नेपाली,
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार

काठमाडौं । नेपाली राजनीतिको शैली गलत छ । नेताहरुको काम गर्ने तौरतरिका गलत छ । त्यसैले त उनीहरु कुनै पनि निर्णय अन्तिम समयमा गर्छन् ।

यही ‘इलाभेन्थ आवर कल्चर’ का कारण ‘हतारको काम लतार’ भइरहेको हुन्छ । बिहिबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दोस्रो चरणको विर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदै गर्दा यही इलाभेन्थ आवर कल्चरकै कारण धेरैजसो शीर्ष नेताहरुले आचारसंहिताको धज्जी उडाउँदै छन् ।

अधिकांश शीर्ष नेताहरुको उम्मेदवारी क्षेत्र उपत्यका बाहिर भएकैले पनि उनीहरु निर्वाचन आयोगको आचारसंहिता विपरित सवारी साधन प्रयोग गरेर उम्मेदवारी दर्ता स्थल पुग्दैछन् ।

विभिन्न पार्टीहरुका स्रोतका अनुसार प्रधानमन्त्री (डडेलधुरा)देखि प्रतिपक्षी दलका शीर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष केपी ओली (झापा) तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (चितवन) हेलिकोप्टरमै उम्मेदवारी दर्ता गर्न जाँदैछन् ।

अधिकांश दलका शीर्ष नेताहरु दोस्रो चरणकै निर्वाचनको अखडामा उपस्थित हुन लागेका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरा, मधेशमा बलियो पटक बनाएका दलका प्रमुखहरु उपेन्द्र यादव, महन्थ ठाकुर, विजयकुमार गच्छदार, राजेन्द्र महतो, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेलगायतका शीर्ष नेताहरु मंसिर २१ कै चुनावमा होमिदै छन् ।

यसपटक लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन गरी मुख्यतयाः दुई शक्ति प्रतिस्पर्धाको केन्द्रमा आउन खोज्दा पनि उम्मेदवार छनोटमै समस्या भएको छ ।

आफ्नो पार्टीभित्रै (आन्तरिक रुपले) मिल्न नसक्नेहरु छुट्टाछुट्टै दलसंग मिलेर जान खोज्नु फलामको च्यूरो चपाएजस्तै हो ।

यही कारणले नै उम्मेदवार छनौटमा निकै समस्या खडा भयो । केही दलहरुबीच आपसी समझदारी भए पनि अधिकांश दलहरु भने रनभुल्लमै परेका छन् ।

पहिलो चरणको निर्वाचनका लागि बागी उम्मेदवारहरु रहे पनि अन्तिम समयमा धेरैजसोले नाम फिर्ता लिएका छन् ।

हुनत निर्वाचन आयोगले आचारसंहिताको पालना नभएको जनाए पनि त्यस्तो ठूलो कार्वाही कसैलाई गर्न सकेको छैन । उसले भन्ने कर्तव्य भन्छ । नेताहरु सुन्ने कर्तव्य भन्दै सुन्छन् अनि आफ्नो तौरतरिकाअनुसार काम गर्छन् ।

जेहोस् विधिको शासनको पूर्ण पालना हुन सक्ने हो भने लोकतन्त्रको पनि महत्व झल्किने थियो ।

संविधान लेख्नेहरु, कानुन लेख्नेहरु नै कानुनी शासनको पालना गर्न हिच्किचाउँछन् भने नयाँ पुस्ताले राजनीतिलाई कानुन उल्लंघन गर्ने हतियारमात्र रहेछ भन्ने सम्झने छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ