arrow

एएफसी यू–१९ छनौट फुटबलः नेपालले बहराइनसँग खेल्दै

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
nepal-u-19-football.png

कीर्गिस्तान । कीर्गिस्तानमा भइरहेको एएफसी यू–१९ च्याम्पियनसिप छनौट फुटबलको समुहको दोस्रो खेलमा नेपालले बिहिबार बहराइनसँग खेल्दैछ ।

पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० को पराजय बेहोरेको नेपालले अन्तिम चरणमा छनौट हुने सम्भावना जीबितै राख्न बहराइनलाई हराउनै पर्ने हुन्छ ।

बहराइनले पहिलो खेल खेल्दैछ । यो खेलमा हारको सामना गरे नेपालको छनोट हुने झिनो आशा कायमै रहे पनि सम्भावना भने लगभग सकिने छ ।

नेपालले यसपछि अझ कठिन प्रतिद्धन्द्धी युएईसंग खेल्न बाँकी नै छ ।

नेपाल र बहराइनबीचको खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

यसअघि बिहिबारै बिहान ११ः४५ बजे आयोजक कीर्गिस्तान र ओमान भिड्ने छन् । ओमानले युएईसंग पहिलो खेलमा हार बेहोर्नु परेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ