arrow

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
children.jpeg

काठमाडौं । देशभरका बालबालिकालाई बिहिबार र शुक्रबार भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै छ । 

स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन 'ए' र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । 

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिए । 

गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण बिहिबार र शुक्रबारलाई  सारिएको हो । 

भिटामिन 'ए' को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् । सरकारले हरेक छ महिनामा भिटामिन 'ए' र जुकाको औषधि खुवाउने गरेको छ । 

पोखरेलले तराईका २८ जिल्लाका बालबालिकामा रक्तअल्पता पनि अत्यधिक देखिएकाले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आइरन भएको धुलो बालविटा पनि खुवाइने बताए । 

उनले हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ