arrow

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
bomb.jpeg

अफगानिस्तान । इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । 

प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो । बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए । 

उक्त तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो । राति सो ट्यांकरमा बम लागेपछि विस्फोट भएको र विस्फोटका कारण आगलागी भएको हो । 

तेलको ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेको अर्को बसमा पनि आगो लागेको थियो । त्यस बसमा रहेका नागरिक आगो लागेर जलेका थिए । 

मारिनेमा साथमा रहेको अर्को बसका यात्रुका साथै उक्त घटनास्थल वरपरका बासिन्दा परेको जानकारी अफगानिस्तानका स्थानीय सञ्चारले दिएका छन् । 

यसरी तेल ट्यांकरमा बम हमला गरी हत्या गर्ने घटना यसअघि पनि अफगानिस्तानमा हुने गरेका छन् । इन्धन बोकेको ट्यांकरमा गरिने हमलाबाट त्यसको वरपरका नागरिक शिकार हुने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ