arrow

बुबा आमाको आशीर्वाद लिएर गगन थापाले गरे उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
gagan_thapa5.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार दिउँसो ३ बजेतिर राष्ट्रिय सभागृह भृकुटीमण्डपमा पुगेर उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिएका हुन् । 

उनले उम्मेदवारी दिन जानु भन्दा अगाडि आफ्ना बाबु आमाको आशीर्वाद लिएर उम्मेदवारी दर्ता गर्नको लागि गएका थिए । उनले उम्मेदवारी दर्ता गराउन जानु अघि आफूले ४ वर्ष अघि संविधान सभा सदस्य निर्वाचनको उम्मेदवारी दिँदाको समय सम्झिएको भन्दै उनले आफ्नो कार्यकालमा सकेको काम राम्रो गरेको र विविध कारणले केही काम सम्पन्न गर्न नसकेको भएपनि बेईमानी केही नगरेको भन्दै मतदाताहरुको र समग्र नेपालीको हितमा नै धेरै काम भएको बताएका छन् । 

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणको लागि मनोनयनको समय निर्वाचन आयोगले बिहीबारको लागि तोकेको छ । बिहीबार देशभरका कूल ४५ जिल्लामा निर्वाचनको लागि मनोनयन भईरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ