arrow

०४८ देखिका अपराजीत हस्तीहरु : ३ जना चुनावी मैदानमा, एक जना बाहिरिए 

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
non_looser_leader.png

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ताको क्रम बिहीबार सकिँदैछ । पहिलो चरणको निर्वाचनमा उम्मेदवारी परिसकेको छ भने दोस्रो चरणको चुनावका लागि पनि उम्मेदवारी परिसकेपछि आसन्न चुनावमा क कसले प्रतिस्पर्धा गर्दैछन् भन्ने कुरा स्पष्ट भईसकेको छ । यसपालीको चुनावमा विभिन्न गठबन्धनहरु जोडिएकोले यो पटकको चुनाव झनै रोचक बन्ने देखिन्छ । 

यसैक्रममा २०४८ सालको निर्वाचनदेखि आजसम्मका निर्वाचनहरुमा अपराजीत रहेका उम्मेदवारहरु क कसले उम्मेदवारी दिए त ? यो पनि धेरैको लागि चासोको विषय बन्न सक्छ । वि सं २०४८ सालदेखि अहिलेसम्म ५ वटा संसदीय निर्वाचनहरु सम्पन्न भईसकेको छ । कुनैको नाम संसदीय, मध्यावधिक त कुनै संविधानसभाको गरी २०५९ सालमा घोषणामात्रै भएको निर्वाचनलाई हिसाव नगर्दा अहिलेसम्मको यो ५ निर्वाचन सम्पन्न भएको छ । जसमध्ये जम्मा ४ जना नेताहरु यस्ता जनप्रिय देखिएका छन् कि जसले अहिलेसम्म कुनैपनि निर्वाचनमा पराजीत हुनु परेको छैन । 

अहिलेसम्म भएका यी ५ तहको निर्वाचनमा अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवा पनि यस्ता पात्रहरु हुन् जसले यी कुनैपनि निर्वाचनमा पराजीत हुनु परेन । २०४८ सालदेखि उनी अहिलेसम्म निरन्तर डडेल्धुरामा रहेको एउटै मात्र निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका छन् र त्यहाँबाट जितिपनि रहेका छन् । एक पटक २०७० सालको निर्वाचनमा भने उनी कैलाली ६ बाट पनि निर्वाचनमा विजयी भएका थिए । तर, पछि उनले डडेल्धुरा नै रोजेर अहिले उनी त्यहीँबाट संसद्मा प्रतिनिधि छन् । र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि अहिले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।  

त्यस्तै, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि २०४८ सालदेखि अहिलेसम्मका अपराजीत उम्मेदवारको रुपमा चिनिन्छन् । २०४८ सालमा तनहुँ क्षेत्र नं १ मा र त्यसपछिका सबै निर्वाचनहरुमा तनहुँ क्षेत्र नं २ बाट चुनाव लडेका नेता पौडेलको पनि यसपटकको निर्वाचनमा समेत त्यस्तो अवस्था देखिँदैन । उनी अहिले पनि सोही क्षेत्र अर्थात् क्षेत्र नम्बर २ बाट नैउम्मेदवार बनेका छन् । 

अर्का अपराजीत पात्र हुन् भक्तपुरका नारायणमान विजुच्छे । उनी पनि २०४८ सालदेखि अहिलेसम्मका सबै संसदीय निर्वाचनहरुमा अपराजीत हुँदै आएका छन् । २०४८ सालदेखि अहिलेसम्म निरन्तर भक्तपुर १ बाट उम्मेदवार बनेका विजुच्छेँले यस पटक भने चुनावी दौडबाट पछि हटेका छन् । उनलाई उमेरले पनि साथ नदिएकोले पनि हुनसक्छ उनी यसपाली सो क्षेत्रमा उम्मेदवार बनेनन् बरु उनले आफ्ना विश्वास पात्र प्रेम सुवाललाई सोही क्षेत्रमा उठाए । 

चौथा अपराजित पात्र हुन् काँग्रेस नेता विजय कुमार गच्छदार । उनी पनि अहिलेसम्मका ५ वटै निर्वाचनमा अपराजीत छन् । उनी अहिले सुनसरी ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् । यसरी कूल ४ जना अपराजीत हस्तिहरु मध्ये एक जनाले मैदानबाट बाहिरिने निर्णय गरेपनि अहिले काँग्रेसका ३ नेता मात्रै चुनावी प्रतिस्पर्धामा देखिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ