arrow

भेट्न नपाउँदै मदन भण्डारीको हत्या भयो:'प्रचण्ड'

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
pmprachandadahal.jpeg

कार्तिक १६, भरतपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेट्ने समय निर्धारण गरिए पनि त्यस पहिले नै मदन भण्डारीको हत्या भएको बताएका छन्।

चितवन क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गरेपछि भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, "नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्छ भन्ने सोच २४ वर्षअघि नै थियो।  २०५० सालमा म नेकपा एकताकेन्द्रको महामन्त्री थिएँ। केही बामपन्थी बुद्धिजीवीको सुझावपछि जेठ ११ गते मेरो र मदन भण्डारीको भेट्ने समय मिलाइएको थियो। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनेबारे छलफल हुँदै थियो। तर, दुर्भाग्य जेठ ११ आएन। जेठ ३ गते नै मदन भण्डारीकँ हत्या गरियो। हामी शान्ति प्रक्रियामा आएपछि माओवादी एमाले एकताका लागि केही प्रयास गरिएको थियो, डकुमेन्ट आदान प्रदान गरिएको थियो। तर, एकता हुन सकेन। यसपटक हरहालतमा हामी पार्टी एकता गर्छौ र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउँछौं।"

"माओवादी एमाले तालमेल र एकताको तयारीपछि १० रेक्टर स्केलको भूकम्प गएको छ, अब अधिनायकवाद आउँछ, निरङ्कुशता आउँछ जस्तो हल्ला गरिदैछ" अध्यक्ष प्रचण्डले भने, "हाम्रो गठबन्धन बामपन्थी लोकतान्त्रिक गठबन्धन हो। कांग्रेसको गठबन्धन दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन हो। कांग्रेसले प्रजातन्त्र भन्थ्यो। लोकतन्त्र कम्युनिष्टहरुको नारा हो । हामी कांग्रेसभन्दा कैयौं गुणा लोकतान्त्रिक र प्रगतिशील छौं।"

बाम लोकतान्त्रिक गठबन्धनपछि चुनाव रोक्न अनेक प्रयास गरिएको उनले बताए । उनले भने, "गीरिजाबाबूले कांग्रेस हार्छ भन्ने सोचेको भए चुनाव हुँदैनथ्यो। मैले त्यसरी सोचेको भए स्थानीय तहको चुनाव हुदैनथ्यो। अहिले कांग्रेसले हार्छ कि भन्ने हिसाब गर्न थालिएको छ। अहिले नै धेरै कुरा भन्दिनँ, समय आएपछि भनुँला। तर, कोतपर्व, भण्डारखाल पर्व जस्ता काण्ड मच्चाएर चुनाव हुन नदिने सम्भावना छ। सबै बामपन्थी र प्रगतिशील शक्तिहरु सतर्क हुन जरुरी छ। जनमतमा जित्ने नदेखेपछि प्रतिक्रियावादी शक्तिले सोच्ने जालझेल र नरसंहार नै हो।"
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ