arrow

नेवारी बाजा बजाउँदै डा. महतले गरे काठमाडौं ५ मा मनोनयन

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
prakashsharan.jpg

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतले भब्य रुपमा आफ्नो मनोनयन दर्ता गराएका छन् । बासँबारी स्थित निवासबाट साइत गरेर मनोनयन दर्ता गर्न निस्कीएका डा. महतलाई पार्टी कार्यकर्ताहरुले नारायणगोपाल चोक स्थित क्षेत्रिय प्रचार प्रसार समितिको कार्यालयमा पु¥याएका थिए । डा. महतले प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेपछि कार्यकर्ताको ठुलो पङ्ती सहित मनोनय पत्र दर्ता गर्न पुगेका थिए । 

गाडी र मोटरसाइकल ¥यालीसहित कांग्रेस कार्यकर्ताले डा. महतलाई निर्वाचन कार्यालय पु¥याएका थिए ।  नेवारी बाजा बजाउँदै नेवारी परम्परागत पोसाकमा समेत कार्यकर्ता उपस्थित थिए । कांग्रेस केन्द्रीय सदस्य रहेका डा. महत दुई पटक परराष्ट्रमन्त्री र एक पटक उर्जा मन्त्री रहेका प्रभावशाली नेता हुन् । 

 डा.महतसँगै प्रदेश सभाका लागि ‘क’ बाट रमा गुरागाई र ‘ख’बाट रमेश खड्काले पनि मनोनयन दर्ता गराएका छन् ।  गुरागाई पहिलो संविधान सभाकी सदस्य हुन भने खड्का नेपाली कांग्रेसको ५ नं क्षेत्रीय सभापति हुन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ