arrow

रामेछाप दोरम्बा गाउँपालिकामा माओवादी–एमालेका ३ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
doramba-congress-pravesh.jpg

रामेछाप। रामेछापको दोरम्बा गाउँपालिका–४, गौश्वारामा एमाले–माओवादी केन्द्रका तीन दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

दोरम्बा गाउँपालिका–४, गौश्वारास्थित उच्च मावि. प्राङगणमा आयोजित चुनावी सभामा प्रतिनिधिसभा उम्मेदवार पूर्णबहादुर तामाङ र प्रदेशसभा उम्मेदवार जितबहादुर मगरले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् । 

एमाले र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुलाई तामाङ र मगरले टीका, माला लगाएर पार्टीमा स्वागत गरे । 

पार्टी प्रवेश गर्नेमा सुनिल नगरकोटी, वीरबहादुर मगर, समीर थापा मगर, बिग्यान श्रेष्ठ, बमबहादुर मगर, ॐ बहादुर मगर, राजकुमार तामाङ, मीनबहादुर मगरलगायत छन्। 

त्यसैगरि एमालेका गणेश लामाको नेतृत्वमा दोरम्बा गाउँपालिका–१ डडुवाका हेमलाल तामाङ, टन्डुब शेर्पा, तिर्थ थामी, मैते थामी, कालमान थामी, जोगी थामी, सुजन थामी, चन्द्रबहादुर थामी काले थामीलगायत पनि काँग्रेस प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस प्रवेश गरि उनीहरुले नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ र जितबहादुर मगरलाई जिताउने अभियानमा सहभागी हुने प्रतिबद्धता गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्णबहादुर तामाङ, प्रदेशसभा सदस्य उम्मेदवार जितबहादुर मगर, महाधिवेशन प्रतिनिधि भरत चौलागाई, महाधिवेशन प्रतिनिधि विनिता खड्का, राप्रपाका केन्द्रीय सदस्य  लालध्वज लामा, क्षेत्रिय सभापति विनोद कार्की, जिल्ला सदस्य लिला तामाङ, विणु थापा मगर, ने.वि.संघका अध्यक्ष काजीबहादुर खड्का(दिनेश), ने.वि.संघ केन्द्रीय सदस्य रत्नहरि ढुङगेल, विद्यार्थी नेता चन्द्रबहादुर थापा मगर, तरुण दलका क्षेत्रिय सभापति चन्द्र घिसिङ, खाँडादेविका वेदराज लामालगायतको उपस्थित थिए ।

रामेछापमा पूर्णबहादुर तामाङ र जितबहादुर मगर उम्मेदवार बनेपछि तामाङ र मगर समुदाय उत्साहित भएका छन् । रामेछाप क्षेत्र न. २ निर्माणको लागि उनीहरुलाई जिताउनपर्नेमा अधिकांश स्थानीय जनताको भनाइ रहेको छ ।

कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस गौश्वारा इकाइ समितिका सभापति कुलबहादुर गोले र संचालन क्षेत्रिय सचिव होमबहादुर थापा मगरले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ