arrow

नवराज सिलवाललाई गुण बहादुर थापा टाउको दुखाई

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
Screenshot-silwal-g.png

ललितपुर। प्रहरीको डीआइजीबाटै जागिर छोडेर एमालेको राजनीतिमा होमिएका नवराज सिलवाल ललितपुर  क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभामा उमेद्वार भएका छन्। उनीसँगै नेपाली काँग्रेसका नेता तथा अर्थराज्यमन्त्री उदयशसशेर राणा उमेद्वार भएका छन्। 

सिलवाल र राणाको प्रतिष्पर्धा भन्दा अहिले धेरैको ध्यान भने सिलवाललाई चुनौति दिन खडा भएका उमेद्वार गुण बहादुर थापाको उमेद्वारीले दिएको छ। 

आफूलाई मिटर व्याज लगाएर सिलवालले घर न घाटको बनाएको आरोप सहित जनताबाट न्याय पाउने आस गर्दै थापा आफ्नो उमेद्वारी दिएको बताउँछन्। 

आफूलाई आइजिपी हुन नदिएको न्याय जनताले दिने भनेर चुनावमा आएका सिलवाललाई थापाले पिडकको रुपमा अगाडी सारेका छन्। प्रहरीमा हुँदा ज्यादती गरेर मलाई घर न घाटको वनाउनेले चुनाव जीतेर सत्तामा आए के गर्दा होलान उनले मनोनयन दर्ता पछि बताए। 

प्रहरीले थुप्रै मिटर व्याज लगाउनेहरुलाई नियन्त्रणमा लिएपनि शक्तिको आडमा आफू जस्तालाई सिलवालले घर घाटको बनाएको उनले सुनाए। 

सिलवालबाट पिडित आफूलाई जनताले न्याय दिने विश्वास गरेर जनमत लिन बएको उनले बताए। उनले शक्तिको दुरुपयोग गर्नेलाई ललितपुरका आम मतदाताले दण्डित गर्ने विश्वास राखे। 

थापाको उमेद्वारीले सिलवाललाई फेरि एकपटक विवादमा भने तान्ने देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ