arrow

मकवानपुरमा ६८ जनाको उम्मेदवारी

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
kamal_thapa1.jpg

हेटौँडा । मंसिर २१ गते हुन दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि प्रतिनिधिसभातर्फ दुई वटा र प्रदेशसभा तर्फ ४ वटा क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा र प्रदेश गरी कुल ६ सदस्य सिटका लागि ६८ जनाको उम्मेदवारी परेको छ । 

बिहीबार बिहान १० बजेबाट जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेसम्म लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेस र राप्रपा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्रका साथै संघीय समाजवादी फोरम, नयाँशक्ति नेपाल, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी, राजपा नेपाल, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी सहित स्वतन्त्रका ६८ उम्मेदवारहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

मकवानपुर क्षेत्र नंम्बर १ प्रतिनिधिसभा निर्बाचनका लागि १६ जनाको उमेदवारी परेको  क्षेत्र नंम्बर १ अन्र्तगत क मा १२ र ख मा  ११ जनाको उमेदवारी परेको र मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभा निर्बाचनका लागि ११ जनाको र प्रदेशसभा अन्र्तगत क्षेत्र नंम्बर २ को क मा ९ र ख मा  ९ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत  तिवारीले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ