arrow

काठमाडौ ४ मा गगनका सहयात्रीहरु

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
gagan-ktm4-candidate.jpg

काठमाडौं। दोस्रो चरण मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि मनोनयन दर्तासँगै राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरु मत माग्न व्यस्त छन्। कतिपय रणनीति बनाउन पनि लागिपरेका छन्। 

देशकै चर्चामा रहेको काठमाडौं ४ मा पनि उमेद्वारहरु मत माग्न व्यस्त हुन थालेका छन्। नेपाली काँग्रेसबाट प्रत्यसी भएका काठमाडौं ४ का उमेद्वारहरु सामुहिक रुपमा चुनावी अभियानमा केन्द्रीत हुन थालेका छन्। 

काठमाडौं ४ मा प्रतिनिधि सभामा यो पटक यसअघी यहि क्षेत्रबाट निर्वाचित सांसद गगन थापासँगै प्रदेश सभाको क मा साधुराम खड्का र प्रदेश सभाको ख मा नरोत्तम वैध सहयात्रा गरिरहेका छन्। 

निवर्तमान सांसद थापा देशकै चर्चित नेता हुन। उनी स्वास्थ्यमन्त्री भएपछि उनका कामका कारण थप लोकप्रिय भएका छन्। अवसर पाए उनले गर्न सक्छन भन्ने छवी आम देशवासीमा परेको छ। क्षेत्रका मतदातामा पनि परेको छ। 

उनीसँगै प्रदेश सभामा उमेद्वार भएका प्रदेश क का उमेद्वार साधुराम खड्का पनि स्थानिय पुराना नेता हुन्। स्थानिय माझ लोकप्रिय छवी भएका उनी लोकतन्त्रप्रतिको निष्ठाका कारण पनि स्थानिय माझ चिनिन्छन। उनी काँग्रेसको आह्वानमा २०४२ सालमा भएको सत्याग्रहमा पनि सहभागि भएका थिए। लाभको पदमा नपुगे पनि जनताको सेवामा लागरहने उनलाई गगन थापासँगै यो पटक स्थानियले जिताउने कपनका स्थानिय राम सेढाई बताउँछन्।

प्रदेशको ख मा उमेद्वार भएका नरोत्तम वैध धार्मिक छवी भएका राजनीतिज्ञ हुन। उनलाई पशुपति क्षेत्र विकास समितिमा हुँदा र कामपा वडा नं ८ को वडा अध्यक्ष हुँदा पनि एक समाजसेवी राजनीतिज्ञको रुपमा स्थानियले चिन्दै आएका हुन्। नेवार समुदायको नेताको रुपमा पनि उनको छवी उच्चो छ। क्षेत्र नम्वर ४मा नेपाली काँग्रेसले मात्र भेगीय र जातीय सन्तुलन मिलाएका कारण पनि यो प्रदेश सँगै क्षेत्रमा पनि कााग्रेस वलियो भएको चाहविलका स्थानिय राम श्रेष्ठ बताउँछन्। 
 
काँग्रेस ४ को यो चुनावी अभियानलाई काठमाडौं ४ का काँग्रेसका क्षेत्रीय सभापति राजु श्रेष्ठ परिचालन गरिरहेका छन्। टिकट सिफारिसमा पनि निकै विचार पुर्‍याएका श्रेष्ठले पार्टीका सबै उमेद्वारहरुलाई जिताउन सबै संयन्त्रहरुलाई परिचालित गरिरहेका छन्। उनको सक्रियताको प्रसंसा गर्दै मैतिदेवीका सुवास भण्डारीले भने यो क्षेत्रमा जिताउन उमेद्वारहरुको व्यक्तित्वसँगै श्रेष्ठको सक्रियता पनि अर्थपूर्ण हुन्छ जुन उनले देखाइरहेका छन्। 

चुनावी अभियानमा मतदाता माझ पुग्दा यो पटक उमेद्वारहरुलाई मतदाताले एउटा साझा प्रतिक्रिया दिएका छन्। उनीहरुको भनाइ छ तपाइहरु जत्तिको उमेद्वार हामीलाई पाउन मुस्किल छ। हामी तपाइहरुलाई मत दिन आतुर छौं। 

समानुपातिकमा परेकी राधा घलेदेखि न्हुच्छेनारायण श्रेष्ठको संयुक्त प्रयासले फेरि यो पटक काठमाडौं ४ मा काँग्रेसको जीतलाई देखाउँछ चाहविलका पुरुषोत्तम खरेल बताउँछन्। 

उमेद्वारहरु मात्र हैन आम कार्यकर्ता र मतदाता जुन ढंगले काँग्रेस र काँग्रेसका उमेद्वारलाई जिताउन सक्रिय भएका छन त्यो खटाइ उल्लेखनीय छ। काठमाडौं ४ मा काँग्रेस र यसका निवर्तमान सांसद गगन थापाले आर्जन गरेको सम्पति यहि नै होला बुढानिलकण्ठका श्याम आचार्य बताउँछन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ