arrow

ट्र्याक्टरको ठक्करबाट ऋषिदेवको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
death-body-new.jpg.jpeg

उर्लाबारी, मोरङ । मोरङको विराटनगर महानगरपालिका ८, देवकोटा चौकनजिक बिहीबार साँझ ट्र्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । 

विराटनगर रंगेली सडकखण्डअन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त ५९४७ नंको ट्र्याक्टरको ठक्करबाट साइकलयात्री कटहरी गाउँपालिका ४ बस्ने ४० वर्षीय वसन्त ऋषिदेवको मृत्यु भएको हो । 

ट्र्याक्टरको ठक्करबाट ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ