arrow

भक्तपुरमा गठबन्धन चिरा पर्ने संकेत, दुबै पार्टीका आ-आफ्नै उम्मेदवार 

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
bam_gathabandhan.jpg

काठमाडौं । भक्तपुरमा बाम गठबन्धनमा चिरा पर्ने संकेत देखिएको छ । जिल्लाको क्षेत्र नं १ को प्रदेश नं १ मा माओवादी र एमादेका उम्मेदवारहरु दुबैले आफू पार्टीको आधिकारिक उम्मेदवार भएको भनेर दाबी गर्न थालेपछि त्यहाँ समस्या सिर्जना भएको हो । 

आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा दुबै दलले उम्मेदवारी दर्ता गराएपछि यस्तो स्थिती सिर्जना भएको हो । 

जिल्लाको १ नं क्षेत्रको प्रदेश  ९क० चाँगुनारायणमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डिपी ९देवीप्रसाद० ढकालले उम्मेदवारी दर्ता गराए पनि एमालेको आधिकारिक पत्र सहित जिल्ला सचिव हरिशरण लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । 

ढकाल वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको भन्दै एमाले र ९माओवादी केन्द्र०का नेता एवं दलका झण्डा बोकेर ¥यालीसहित आएका थिए । उनले हाम्राकुरासँग कुराकानी गर्दै टिकट विग्रियो भने काम लाग्छ भनेर दिएको स्टक टिकटलाई लामिछानेले दुरुपयोग गरेको भन्दै गठबन्धनको आधिकारिक उम्मेदवार आफू रहेको बताएका छन् । उनले आफ्नो उम्मेदवारी दर्ताको क्रममा एमालेका नेताहरुसमेत आएको भन्दै आफू आधिकारिक उम्मेदवार भएको बताएका हुन् । 

उनले उम्मेदवारी दर्ता गराएको आधा घण्टा पछि एमालेको केन्द्रीय नेता एवं कार्यकर्ताको जुलुसको नेतृत्व गर्दै पार्टीको झण्डा लिएर आफू आधिकारिक उम्मेदवार भएको भन्दै एमाले जिल्ला सचिव हरिशरण लामिछानेले निर्वाचान कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएका थिए । 

वाम गठबन्धनको तर्फबाट आफूले टिकट पाएको भन्दै ढकालले आफै आधिकारिक उम्मेदवार भएको दाबी गरे भने एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको टिकट ल्याएका लामिछानेले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गरे। 

उता, एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यो विषय शनिबारसम्म टुंगिने बताए । उनले आधिकारिक उम्मेदवार को हो भन्ने विषयमा आफूले अहिले नै केही नबोल्ने भन्दै जो आधिकारिक भएपनि शनिबारसम्म कुरा मिल्ने बताएका हुन् । उनीहरुको यो विवादका कारण कार्यकर्ताहरुमा भने एकको अर्काे पार्टी प्रति असन्तुष्टि चुलिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ