arrow

प्रधानमन्त्रीद्वारा बदर मत न्यून गर्न निर्वाचन आयोगको ध्यानाकर्षण 

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
PM_commissioner_meeting.JPG

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बदर हुने मत न्यून गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् । निर्वाचनको उम्मेदवारी दर्ता गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका निर्वाचन आयोगका अधिकारीहरुसँग प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । 

उनले मत बदरहुने समस्या पछिल्ला निर्वाचनहरुमा बढ्दै गएको भन्दै यसलाई रोकेर जनताले गरेको मतको कदर हुने व्यवस्था मिलाउनको लागि आयोगको ध्यानाकर्षण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीले मताधिकार लोकतान्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्युन बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् । ‘मतदातालाई आफ्नो मताधिकारी स्वतन्त्र रुपमा प्रयोग गर्नेगरी वातावरण गर्नुहोस्’ बैठकमा प्रधानमन्त्रीले आयुक्तहरुलाई भने, ‘भतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउदै मत बदरलाई न्युन बनाउनेगरी व्यवस्थापन गर्नुहोस् ।’

प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारकोतर्फबाट आवस्यक सबै सहयोग २४सै घण्टा गर्न आफु तयार रहेको पनि बताए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको सुरुदेखिको प्रतिवद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको भन्दै धन्यवाद दिएका थिए । ‘प्रधानमन्त्रीज्युकै प्रतिवद्धताका कारण स्थानीय चुनाव सम्पन्न भयो र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने भएको हो’ डा.यादवले भने, ‘म निर्वाचन आयोगको तर्फबाट विषेश धन्यवाद दिन चाहन्छु ।’

आयोगका अन्य पदाधिकारीहरुले पनि प्रधानमन्त्रीले चुनावलाई अर्जुनदृष्टि बनाएकै कारण तोकिएको मितिमा चुनाव सम्पन्न हुने निश्चित भएको भन्दै सरकारको तर्फबाट पुर्ण सहयोग पाएको धारणा राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले बोलाएको उक्त बैठकमा प्रमुख आयुक्त यादव, आयुक्तहरु इश्वरी पौडेल, ईला शर्मा, सुधिरकुमार शाह, र निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा सहभागी थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ