arrow

परिणामुखी परियोजना प्रारम्भ गर्न आइएलओलाई सरकारको आग्रह

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
ilo.jpg

काठमाडौँ ।  सरकारले अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) लाई नेपालमा परिणाममुखी परियोजना प्रारम्भ गर्न आग्रह गरेको छ । संगठनका महानिर्देशक गे रेइडरसँग बिहीबार जिनेभामा भएको भेटमा श्रमसचिव लक्ष्मणप्रसाद मैनालीले सीप विकास तथा पर्यावरणमैत्री रोजगारीका अवसर नेपालमा सिर्जना गर्न आग्रह गर्नुभएको जिनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नेपालले लागू गरेको नयाँ श्रम ऐनका विशेषताबारे महानिर्देशकलाई जानकारी गराउँदै सचिव मैनालीले ठूलो संस्थामा नेपाली वैदेशिक रोजगारीमा जाने भएकाले उनीहरुलाई सम्मानजनक काम सुनिश्चित गर्न सीप विकास अपरिहार्य भएको बताए ।

उनिहरुबीच नेपाल र आइएलओबीचको सुदृढ सम्बन्धका साथै काठमाडौँस्थित आइएलओको देशीय कार्यालयले निर्वाह गरेका भूमिकाबारे पनि विचार विमर्श भएको उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ