arrow

मुलुकलाई कम्युनिष्ट अधिनायकवादबाट जोगाउन लोकतन्त्रवादीको जित अपरिहार्य : डा.महत

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
prakash-saran-mahat.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता एंव क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतले ऐतिहासिक नगरी टोखाको कला, संस्कृति र सम्पदा संरक्षणका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन्। टोखा नगरपालिका वडा नं. ३ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. महतले टोखा सभ्यता र संस्कृति जोगाउन आवश्यक रहेको बताउँदै टोखा क्षेत्रको विकासमा लाग्ने बताए।  उनले क्षेत्र नं. ५ को समंग्र विकास आफ्नो उच्च प्राथमिकतामा पर्ने स्पष्ट पारे। 

डा.महलतले मुलुकलाई कम्युनिष्ट अधिनायकवादबाट जोगाउन लोकतन्त्रवादीहरुको जित अपरिहार्य रहेको बताए।  एक प्रसंगमा उनले आफु विद्यालय कालदेखी नै यहि क्षेत्रमा बसेर अध्ययन गरेको र तीन दशक भन्दा बढि समय यहिको भूमिमा बिताएको स्मरण गरे।  आफ्ना प्रतिद्वन्द्वी उम्मेदवार प्रति लीक्षत गर्दै उनले भने– उहाँ दोलखामा जन्मिएर झापा हुँदै जनकपुरमा अध्ययन गरेर त्यहि चुनाव लडेको बताए। जनकपुरमा असफल भए पछि मात्र उनी काठमाडौंबाट चुनाव लडेको  प्रसङ्ग डा. महतले उल्लेख गरे।

आफु माथि लागेको आरोपको प्रतिवाद गर्ने क्रममा उनले उक्त प्रसङ्ग उल्लेख गरेका हुन। डा. महतले आफुले व्यक्तिगत विवादमा  लाग्न नचाहेको पनि स्पष्ट पारे। कार्यक्रममा प्रदेश ‘ख’का उम्मेदवार एंव क्षेत्र नं ५ का सभापति रमेश खड्काले कांग्रेसले लोकतन्त्रको संरक्षण र विकास गर्ने भएकाले जिताउनु पर्ने बताए। उनले कांग्रेसले सक्षम, बौद्धिक र प्रभावशाली नेतालाई उम्मेदवार बनाएकाले एक ढिक्का भएरु चुनावमा होमिन कार्यकर्तालाई आब्हान गरे।

समानुपातिक तर्फका उम्मेदवार मनिष जोशीले टोखाको विकास कांग्रेसको जितले मात्रै सम्भव हुने बताए।  कार्यक्रममा टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष एंव कांग्रेस इकाई सभापति दीपक जोशी, वडा नं ३ का अध्यक्ष शिहराज श्रेष्ठ, कांग्रेस ३ नं इकाइका सभापति ओम विमली लगायतले सम्बोधन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ