arrow

काठमाडौ ७ मा विवेकशिल साझाकी अनुपाको माहौल तात्दै, रञ्जु पनि मत माग्दै

काग्रेसको उमेद्वार नहुँदा विवेकशीललाई फाइदा

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
anupa-ranju.jpg

काठमाडौं। काठमाडौंमा विवेकशील साझाले उमेद्वार बनाएकी वरिष्ठ सञ्चारकर्मी अनुपा श्रेष्ठको माहौल देखिएको स्थानियहरुले बताउन थालेका छन्। काँग्रेस परिवारमा हुर्किएकी अनुपालाई यस क्षेत्रमा काँग्रेसको उमेद्वार नहुँदा थप सहज भएको स्थानिय काँग्रेस मतदाता अनुपा वजिमयको विश्लेषण छ। 

प्रदेश सभाका उमेद्वारहरु प्रेम लामा र बिकश रन्जितसहित चुनावी मैदानमा उत्रिएकी अनुपाको पक्षमा दिनदिनै मतदाताहरु खासगरि यूवाहरु आकर्षित भएका छन्। 

अनुपाको पक्षमा काठमाडौं महानगरमा मेयरकी उमेद्वार रहेकी रञ्जु दर्शना पनि मत माग्न हिडेपछि स्थानिय महिलाहरु थप अनुपाको पक्षमा खुलेर लागेका छन्।

०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीको तर्फबाट देशभर १५८ जनाको उमेदवारी खडा भएका छन्। 

पहिलो र दोश्रो चरण गरि प्रतिनिधिसभामा ४ महिला सहित ६७ जना र प्रदेशसभामा ६ महिलासहित ९१ जनाको उमेदवारी साझा विवेकशीलबाट परेको छ।

यस पटक राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्यसहित अघि बढेको विवेकशील साझा पार्टीले दुबै चरणको उमेदवारी दर्ताको दौरानमा जनस्तरमा देखिएको उत्साहले आफुलाई थप प्रेरणा मिलेको जनाएको छ ।

प्रतिनिधिसभाका लागि काठमाडौंको १० मध्ये ३ क्षेत्रमा महिला उमेदवार उठाएको पार्टीले उपत्यकाका पन्ध्रै क्षेत्रमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ।

प्रदेशसभाका लागि उपत्यकाका ३० मध्ये २७ स्थानमा आफ्नो उमेद्वारी प्रस्तुत गरेको छ । उमेद्वारी दर्ता सकिएलगत्तै चुनावी अभियानलाई देशव्यापीरूपमा तिब्रता दिएको सो पार्टीका केन्द्रीय सदस्य दिनेश प्रसाईले बताए।

नवीन र पृथक सोचका साथ सुसंस्कृत राजनितिलाई स्थापित गर्ने उदेश्य बोकेको विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल बहादुर थापा क्रमसः काठमाडौं क्षेत्र नं १ र क्षेत्र नं ५ बाट चुनावी मैदानमा उत्रिएको प्रसाईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ