arrow

डोटीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

logo
गणेश मौनी ,
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
jeep_accident_1.png

डोटी ।  डोटीको केआई सिंह गाउँपालिकामा  वडा नम्बर ३ मा जीप  दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  केआई सिंह गाउँपालिकाको वडा नम्बर २  तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ३ देउरडी बजार नजिक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

 मृत्यु हुनेमा जीप चालक सोही गाँउपालिका वडा नम्बर १ का वर्ष ५५ का  खेमराज ओझा, आर्दश गाउँपालिका वडा नम्बर १ की वर्ष १९ की अनिता खड्का रहेकी छन भने १ जनाको सनाखत हुन बाकी रहेको छ ।

त्यसै गरी घाईतेहरुमा के आई सिंह गाँउपालिका १ बस्ने वर्ष ४३ का हेमराज उपाध्याय, आदर्श गाँउपालिका १ की वर्ष ४२ की हासु देवी खड्का रहेकी छन भने १ जना घाईतेको विवरण खुल्न नसकेको र अहिले तिनै जनाको दिपायल स्थित  सुजङ अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिव सिंहले बताएका छन् ।

 ११ जना यात्रु रहेको उक्त जिवमा अन्य ५ जना सकुशल रहको र जीप के कती कारणले दृर्घटना भएको खुल्न नसकेको घटनाको थप विवरण आउन बाँकी रहेको  समेत जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ