arrow

अक्षयकोषमा ३  लाख सहयोग

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
nepali-note.jpg.jpeg

पोखरा । सहारा एकेडेमी सञ्चालनार्थ स्थापना गरिएको अक्षयकोषमा  तीन लाख तीन हजार ४२० थपिएको छ । 

पोखरा लेखनाथ महानगरपालिका १७ दोबिल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सो अक्षयकोषमा क्लबका सल्लाहकार लोकबहादुर गुरुङले एक लाख तीन हजार ४२० तथा मुक्षेत्र गुरुङ र जगन गुरुङले जनही  एक-एक लाख सहयोग गरेको क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए । 

अहिलेसम्म अक्षयकोषमा  एक करोड २५ लाख पुगेको छ । एकेडेमिमा विपन्न र कठिन अवस्थामा रहेका १६ जिल्लाका २८ जना बालकले निःशुल्क आवासीय शिक्षा, स्वास्थ्य र खेलकूदका सुविधा पाइरहेका छन् । 
अक्षयकोषलाई बढाउँदै  दुई करोड भन्दा बढी पुर्याउने क्लबको लक्ष रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ