arrow

यातायातमन्त्री आफै पुगे दुर्घटना स्थल

logo
गणेश मौनी,
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
balayer_g1.jpg

डोटी । डोटीको केआई सिंह गाउँपालिका –३ मा भएको जिप दुर्घटनापछि भौतिक पुर्वाधार तथा यातायातमन्त्री विर बहादुर बलायर आफै घटनास्थल पुगेका छन् ।

उनले घटनास्थल पुगेका मन्त्री बलायरले घटनाप्रति दुःख प्रकट गरे । तिखात्तरबाट दिपायलतर्फ आइरहेको से १ ज २६५ नम्बरको जीप देउरडी बजार नजिक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ,  भने ३ जना घाईते भएका छन् ।

घाईतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ । घटनास्थलको अवलोकन गर्दै मन्त्री बलायरले मृत्यु भएकाका परिवारलाई किरिया खर्चको व्यवस्थापन गर्न यातायात समितिलाई भनिसकेको बताए ।

थप आर्थिक सहायता र घाईतेहरुको उपचारका लागि पनि निर्देशन दिइसकिएको मन्त्री बलायरले बताए । उनले सडकको स्तरोन्नतीका लागि सहयोग गर्ने बचन पनि दिएका छन्  ।  

११ जना यात्रु रहेको जिपका ५ जना यात्री सकुसल छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । मन्त्री बलायरले दुर्घटनाको कारण पत्तालगाई तत्काल जानकारी दिन समेत भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ