arrow

लोकतन्त्र सहितको संवृद्धि काँग्रेसबाट मात्रै सम्भव छ : गगन थापा

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
gagan_thapa5.jpg

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले मुलुकका लागि लोकतन्त्र सहितको संबृद्धि चाहिएको बताएका छन् । संबृद्धिको मिठो नारा लगाउने केही पार्टीहरुले लोकतन्त्रको विकल्प खोज्न लागिरहेकाले लोकतन्त्र विनाको संबृद्धिको अर्थ नरहेको उनले तर्क गरे । लोकतन्त्र विनाको संबृद्धिलाई मुर्दा शान्तिको संज्ञा दिँदै उनले त्यस्तो मुर्दा शान्तिमा नेपाली बाच्न नसक्ने बताए । 

प्रतिनिधि सभाका लागि काठमाडौं क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका उम्मेदबार रहेका नेता थापाले चावहिलबाट शनिबार चुनावी अभियानको सुरुवात गर्दै लोकतन्त्र र संबृद्धिलाई सँगसगै लैजाने पार्टी नेपाली काँग्रेस मात्रै भएकाले जनताले काँग्रेसलाई रोज्ने विश्वास व्यक्त गरे । 

उनले शिक्षा, स्वास्थ्य र आर्थिक सम्वृद्धि आफ्ना एजेण्डा भएको बताउँदै गरिव र धनीका लागि समान शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्थाका लागि लाग्ने बताए । स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर आर्थिक सम्वृद्धिको ढाको खोल्न अवको कार्यकाल केन्द्रीत गर्ने उनले अठोट गरे । 

पूर्वाधार विकाससहित काठमाडौंलाई व्यवस्थित शहरको रुपमा विकास गर्न विद्युतीय सवारीको अभियान सुरु गरेको जानकारी दिए । प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम बैद्य र साधुराम खड्कासाथ प्रचार अभियान सुरु गरेका थापाले यसअघिको कार्यकालमा संविधान निर्माणको जिम्मेवारी पूरा गरेको र विकास निर्माणका कामहरु पनि पर्याप्त गरेको दावी गरे । 

आफ्ना प्रतिस्पर्धी एमाले उम्मेदबार राजन भट्टराईप्रति लक्षित गर्दै उनले भैसेपार्टीतिर हाउजिङमा बसेर बेलाबेला घुम्म आउने सांसद नभएकाले जनताको सुखदुःख बारे आफू पूर्ण जानकार रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ