arrow

सय देखि ४ हजारसम्मका शिखरका जुत्ता छानीछानी लिन भृकुटीमण्डमा घुइँचो 

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
shikhar-mela.jpg

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी शिखर क्रेजी सेल मेलाले अहिले आम उपभोक्ताको ध्यान तानेको छ। सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता चप्पल छानीछानी पाउने भएपछि यो मेलाले आम उपभोक्ताको ध्यान तानेको हो। 

एउटै ब्रान्डका ४ सयभन्दा बढी प्रकारका जुत्ता–चप्पलबाट ग्राहकले छानी–छानी आफूलाई मन परेका आइटम किन्न सक्ने भएपछि शिखर क्रेजी सेल मेलाको आकर्षण आम उपभोक्तामाझ  ह्वात्तै बढेको हो। 

शनिवार साँझ मेलामा भेटिएका शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले मेलाप्रति उपभोक्ताको आकर्षण व्यापक देखिएको बताए। 

प्रसाईले भने, ' शनिवार मेरो लागि अविस्मरणीय दिन हो। शिखर सुजले मेलाहरुमा सहभागिता जनाउन लागे यताका करिव १५ बर्षमा यतिधेरै उपभोक्तालाई आफ्नो मेलामा पहिलोपटक देख्ने अवसर पाए। ' 

Image may contain: 1 person, outdoor

कार्तिक ६ बाट शुरु भएको मेला सकिन एक हप्ता मात्र बाँकी रहेका बेला शिखरको मेलामा यो आकर्षणले प्रसाईलाई उत्साहित समेत बनाएको छ। उनले थपे, ' नेपाली जुत्ता चप्पलप्रतिको यो विस्वास नेपाली उद्योगीहरुले बचाइ राख्नुपर्छ। '

शनिवार सय रुपैयाँको कपडाको जुत्ता किन्ने देखि मंसिरमा हुने भाईको विहेको लागि जुत्ता किन्न आउने ग्राहकसम्म एउटै थलोमा भेटिएका थिए। 

महोत्तरीको श्याम मण्डल आफ्नो भाइको विहेको लागि मेलामा भएको सबैभन्दा बढी मूल्यको जुत्तामा ध्यान लगाएर हेरिरहेका थिए। उनले केहि जुत्ता हेरिसकेपछि एकजोर भाईलाई र एकजोर आफ्नोलागि खरिद गरे।

' जुत्ता पसल चाहार्ने झण्झटबाट मुक्त पाए। न्यूरोडतिर किन्न जाँदा पार्किङमा समस्या पनि थियो। यहाँ एकैठाउँमा जुत्ता पनि पाए। छुट पनि पाए,' मण्डलले खुसी हुँदै भने। 

सय रुपैयाँका जुत्ताले धेरैको ध्यान तानेको छ। छानीछानी लिन पाइने ति जुत्ताका अतिरिक्त १५ सयमा छानीछानी वुट जुत्ता पाइने भएपछि उपभोक्ताहरु आफूलाई मात्र हैन परिवार र साथी भाईका लागि समेत जुत्ता उपहार दिन थालेका छन्। 

Image may contain: one or more people and crowd

वानेश्वरकी स्मृती थापा आफूलाई सुहाँउदो चप्पल लिएपछि साथीका लागि एकजोर जुत्ता उपहार लिन साइज खोज्न थालिन। साइज पाउने वित्तिकै प्याक गर्न लगाएकी उनले मेलालाई बर्षमा कम्तिमा ४ पटक गर्न सुझाव दिइन।

सामान पनि पाइने मेला भएपछि विशेष छुट पनि पाइने हुनाले यस्ता खालका मेलामा उपभोक्ताको विशेष घुइचो हुने गरेको छ। 

देशभरमा ८ सयभन्दा बढी आउटलेट भए पनि शिखर सुको मेलामै पुगेर जुत्ता किन्नुको कारण त्यहाँ पाइने छुट भएको उपभोक्ताहरु बताउँछन। 

मेलामा ७० प्रतिशतसम्म छुट पाइएपछि आफू लोभिएको चाहविलका अजय खरेल बताउँछन। बजारमा पाइनेभन्दा कम मूल्यमा ब्रान्डेड जुत्ता पाइएपछि अजयले एकैपटक परिवारका तीन सदस्यका लागि जुत्ता किने । स्कुटरमा झुण्ड्याएर लान झोलामा प्याक गर्दै गरेका खरेलले उपभोक्तालाई लक्षित गरेर अझै डिजाइनमा ध्यान दिनुपर्ने आवश्यकता समेत औल्याए। 

आफूले जुत्ता किनिसकेपनि साथी भाई र आफन्तलाई लिएर आउने वा उनीहरुलाई बताएर पठाउनेहरुपनि मेलामा भेटिएका छन्। 

साथी भाईहरुसँग तीन पटक आएका कोटेश्वरका कुमार कार्की शनिबार पुन विद्यालय जाने भतिज अर्पणलाई लिएर आएका थिए । ‘म शिखरको जुत्ता नै लगाउँछु,’ उनले भने— ‘यो सेल मेला अरू बेलाको भन्दा सस्तो भएका कारण फेरि आज भतिजको विद्यालयको लागि स्पोर्टस सुज किन्न आएको छु। '

मेलामा आउने मध्ये कतिपय मेला अवलोकन मात्र गरेर फर्कन्छन। तर यसरी फर्कनेहरु फेरि फर्केर किन्न आउने गरेको अनुभव प्रसाईको छ। 

निर्देशक प्रसाईंका अनुसार मेलामा जाडोमा लगाइने कपडा तथा स्पोर्ट्स सुजमा सबै उमेरका ग्राहकको आकर्षक देखिन्छ । यस क्रममा युवाहरूले क्याजुअल सुज पनि बढी मन पराइरहेका छन् । 

उपभोक्ताको आकर्षण देखेर आफूहरु बर्षमा दुईदेखि ३ पटकसम्म मेला गर्ने तयारीमा रहेको पनि प्रसाईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ