arrow

चिच्याएर वर माग्यो कि पुग्यो !

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
cry-for-wish.jpg

रामपुर । पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीनदिने धार्मिक मेला सकिएको छ । बिहीबारबाट शुरु भएको धार्मिक मेला शनिबार सकिएको हो । 

सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कात्तिक शुल्क चर्तुदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर बरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुदै पूर्णिमाका दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । 

सत्यवती बजै कान नसुन्ने बहिरी भएकाले चिच्चाएर वरदान माग्नु परेको बुढापाकाको भनाई रहेको छ । सत्यवती बजैसँग चिच्चाएर मागेको वर पुरा हुने भन्दै निकै टाढाटाढाबाट भक्तजन मन्दिरमा आउने गरेका छन् । सत्यवती बजैसँग रातमा मात्र चिच्चाएर वरदान माग्ने प्रचलनलाई आजकल दिउँसोमा पनि माग्ने गरिएको छ । 

भक्तजनले मागेका कुराहरु सत्यवती बजैले पूरा गरिदिने जनविश्वासका आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने र त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ । 

मन्दिरमा चिच्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउलगायतका क्षेत्रबाट भक्तजनको ओइरो नै लागेको थियो । 

सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पारगरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । 

पहिले राति मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै आजकल दिउँसो राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ