arrow

प्रचण्ड निवासमा मत माग्न पुगे विवेकशील साझाका उज्वल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
uzzal-thapa.JPG

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार उज्वल थापाको चुनावी अभियान जारी रहेको छ । 

उनी दैनिक घरदैलो कार्यक्रममा हिंड्न थालेका छन् । त्यसैगरी ठाउँँमा अन्तक्र्रियामा सहभागी हुँदै आफू उम्मेदवार हुनुको उद्धेश्य स्पष्ट पारिरहेका छन् । 

अभियानका क्रममा शनिवार बिहान ८ बजे उनी बुढानिलकण्ठ ७ मा सयौं मतदातासँग अन्तरक्रिया कार्यक्रममा सहभागी भए । 

त्यहीँबाट घरदैलो कार्यक्रममा सरिक हुँदै थापाको अभियान धापासी क्षेत्रमा पुगेको थियो ।

पूर्णिमाको उपलक्ष्यमा बूढानीलकण्ठ मन्दिरमा आयोजित मेलामा सहभागी हुँदै थापाले सम्पदा संरक्षणको विषयमा विवेकशील साझा पार्टी सजक रहेको र विगतमा पनि सडक संदेश तथा पैरवी मार्फत् सम्बन्धित निकायलाई खबरदारी गरेको कुरा व्यक्त गरे । 

उक्त कार्यक्रम पश्चात् २ बजे देखि ६ बजेसम्म पुनः घर दैलो कार्यक्रमलाई निरन्तरता दिँदैं पानीपोखरीदेखि लाजिम्पाटसम्म मतदाता भेटघाटमा व्यस्त रहे । 

थापा भोट माग्ने क्रममा प्रचण्ड निवास पनि पुगेका थिए । भेटघाट, अन्तरक्रिया तथा घरदैलो कार्यक्रममा मतदाताहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएसंगै थापा उत्साही देखिएका छन् । 

केही हप्ता अगाडिदेखि सामाजिक सञ्जालमा सुरु भएको अभियानले आम मतदातामा नयाँ तरंग ल्याएको छ । 

थापाका सहकर्मीहरु भन्छन् –‘मतदाताले नयाँ स्वाद खोजिरहेका छन्, त्यो स्वाद हामी दिनेछौं, सुशासन दिनेछौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ