arrow

महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसले लियो उम्मेदवारी फिर्ता

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
mahantha.png

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।  आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार बनेका  ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको हो । पार्टी सभापति शेरबहादुर देउवाको आग्रहपछि कांगेसको तर्फबाट बजरङ्ग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

ठाकुर महोत्तरी  जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा बासिन्दा हुन् ।   उनले मधेशलाई अधिकारसम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि चुनावमा मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर मधेशलाई मधेशीमय बनाउन आग्रह गर्दै आएका छन् । उनले मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न पनि आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ