arrow

प्याराग्लाईडिङ्को नयाँ गन्तव्य मन्साङ्कोट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
paraglainding.jpg

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ स्थित मन्साङ्कोट प्याराग्लाईडिङ्को नयाँ गन्तव्यको रुपमा देखिएको छ । भीरकोट नगरपालिकाको स्वरेक मैदान प्याराग्लाईडिङ् गन्तव्य भइरहदा अर्को क्षेत्र मन्साङ्कोट पनि प्याराग्लाईडिङ्को गन्तव्यको रुपमा भेटिएको हो । कात्र्तिक १५ गतेदेखि शुरु भएको प्यारासुट पाईलट छनोट प्रतियोगिता २० गते सकिदैछ । प्रतियोगिता सगै स्याङ्जाका विभिन्न ठाँउबाट प्याराग्लाईडिङ् उड्न सकिने गन्तव्य पनि खोजी गरिएका छन् । सन् २०१८ मा इन्डोनेसियामा हुने प्यारासुट ओलम्पीक खेलका लागि पाईलट छनोट प्रतियोगिता स्याङ्जाको भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा भईरहेको छ । २ बर्ष देखि प्याराग्लाईडिङ कक्षा संचालन गर्दै आएको बाबु एडभेन्चरले अहिले अन्तराष्ट्रिय प्यारापाईलट छनोट प्रतियोगिता आयोजना गरेको हो ।

प्याराग्लाईडिङ्को नयाँ गन्तव्यको रुपमा भेटिएको मन्साङ्कोट एडभेन्चरका लागि अझै उपयुक्त रहेको बताइएको छ । बाबु एडभेन्चरका प्रमुख तथा प्यारासुट प्रशिक्षक सानुवावु सुनुवारका अनुसार प्याराग्लाईडिङ्को उडान र ल्याण्ड गर्ने ठाँउ पाईलटले देख्न सजिलो हुने भएकाले यो एडभेन्चरका लागि राम्रो छ । प्यारासुट पाईलटले उडान गर्ने ठाँउ र ल्याण्ड गर्ने ठाँउ देखेमा प्यारासुट उडानमा सजिलो हुन्छ एडभेन्चर प्रमुखु सुनुवारले भने,“ अव स्याङ्जा प्याराग्लाईडिङ्को एडभेन्चर र उडानमा मुलुककै हवका रुपमा हुनेछ ।” यसलाई विकास गर्न यहाँका जनप्रतिनिधिहरुले चासो राख्नुपर्छ जसले प्याराग्लाईडिङ् क्षेत्र बन्ने छ उनले भने ।

तरकारीको पकेट क्षेत्रको रुपमा परिचित हुदै आएको मन्साङ्कोट अव प्याराग्लाईडिङ्को गन्तव्य बन्दा स्थानीयहरु पनि खुशी भएका छन् । वालिङ नगरपालिकालाई प्यारागलाईडिङ्को गन्तव्यका रुपमा काम गर्न पाउदा खुशी भएको वडा नं. १ वडा अध्यक्ष केदार काफ्ले बताउछन् । यो उडानका लागि मात्रै नभएर प्यारागलाईडिङको पाठशालाका लागि पनि सम्भावना रहेछ अध्यक्ष काफ्लेले भने,“यस क्षेत्रमा आउने सडक, खानेपानी, शौचालय र पर्यटकका लागि बास बस्ने व्यवस्था अगाडी बढाउने छौं ।” प्यारागलाईडिङ्को पर्यटकीय क्षेत्रको रुपमा चिनाउन मन्साङ्कोटलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउने प्रत्यन नगरपालिकाको रहने छ उनले भने ।

स्वरेक मैदानबाट धेरै उचाई सम्म पुग्न सकिने र मन्साङ्कोटबाट थोरै उचाईमा पुग्न सजिलो हुने प्रतियोगितामा सहभागी भएका प्यारासुट पाईलट नविन थापा बताउछन् । दुवै क्षेत्र प्याराग्लाईडिङ्का लागि राम्रो भएको सहभागीहरुको भनाई छ । स्याङ्जा पर्यटकीय, सांस्कृतिक र प्राकृतिक सौन्र्दयले भरिएको जिल्ला हो । प्राकृर्तिक छटा सगै यहाँका लोकसंस्कृति र पर्यटक लोभ्याउने भिरपाखा रहेको जिल्ला पछिल्लो समय प्यारासुटको लागि गन्तव्य बन्दै छ । प्याराग्लाईडिङ्को गन्तव्यले स्याङ्जामा अर्को पर्यटकीय भुमिका रुपमा परिचित गर्ने जिल्ला बन्दै छ । यसका लागि जनप्रतिनिधिहरुको चासो कस्तो रहने छ यो भने हेर्न बाँकी रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ