arrow

'पद्मावती' को रिलिज अगावै विरोध, भंसालीले गराए १६० करोडमा चलचित्रको बीमा

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
padmawati.jpg

एजेन्सी । बलिउड निर्देशक संजय लीला भंसालीको चलचित्र 'पद्मावती' लाई लिएर विवाद चर्किएको छ । राजस्थानको चित्तौड़गडमा सुटिङ भइरहेको चलचित्रको विषयलाई  लिएर विरोध प्रदर्शन भएको हो । अहिले करणी सेनाका कार्यकर्ता  सडमा उत्रिएका हुन् । प्रदर्शनकारीले रानी पद्मावतीलाई चलचित्रमा बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।  पद्मावतीको रूपमा दीपिकालाई नाच-गान गरेको देखाएको भन्दै राजपूत समाज पनि आक्रोशीत भएको छ । विरोधका बीच भंसालीले चलचित्र पद्मावतीको बिमा गराएका छन् ।

भंसालीले चलचित्रको १६० करोडको बिमा गराएका छन् । सो बीमा अनुसार चलचित्र रिलीज भएपछि टिकट  बिक्रीको क्रममा कुनै प्रकारको विरोध प्रदर्शन, झगडा वा तोडफोड भए सो  नोक्सानीको भरपाई बीमा कम्पनीले गर्नेछ । चलचित्रको रिलीज नजिक विरोध अझ तिब्र हुने अनुमान गरिएको छ । सो अवस्थामा दर्शकले सिनेमाहलमा गएर चलचित्र हेर्न जोखिम उठाउने सम्भावना कम रहेको छ । सोको सीधा असर चलचित्रको कारोबारमा पर्नेछ ।

यो भन्दा पहिले पद्मावती' को सेटमा केहि गाडि तोडफोड गरि आगो लगाइएको थियो । उक्त घटना  कोल्हापुरको पन्हाला फोर्टको मसाई पठारमा भएको थियो ।
 
सो भन्दा पहिले राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा भंसाली माथि कुटपिट भएको थियो । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले  तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका थिए  ।  सुटिङ क्रममा भंसाली  माथि कुटपिट भएपछि चलचित्रको सुटिङ रोकिएको थियो ।
 
सो सेटमा  हमला गर्नले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका थिए  । चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन् ।  चलचित्र डिसेम्बर १ मा रिलिज हुदैछ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ